skip this
  • शिक्षा

    कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा लगाइएको ताला फोरियो -बिद्यार्थी आक्रोसित

  • चितवन,२९-असार/ निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालयसँग आवद्ध विभिन्न चार विद्यार्थी संगठनले बुधबारदेखि संयुक्त रूपमा लगाइएको ताला बिश्वबिध्यालयले प्रसासनको सहयोगमा फोरेपछी बिद्यार्थी आक्रोसित बनेका छन् ।
    विश्वविद्यालयका पदाधिकारीहरूले माफियाकरणलाई प्रश्रय दिँदै निजी कलेजलाई सम्बन्धन दिएको भनेर विद्यार्थी संगठनले विरोध गरेका छन् । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले बुधबार तालाबन्दी गरेर विश्वविद्यालय बन्द गराएका हुन् । संगठनहरूले विश्वविद्यालयमा मंगलबार साँझ टायर बालेर पनि विरोध प्रदर्शन गरेका थिए ।

    ‘तालाबन्दि सहित आन्दोलनमा उत्रिए लगत्तै प्रसासनले भारि संख्यामा हात-हतियार सहित प्रहरी विश्वबिद्यालय परिसरमा परिचालन गराई दबाब सिर्जना गर्न थालिएकोले विद्यार्थीको शान्तिपूर्ण आनदोलन गर्न पाउने अधिकारको सुनिस्चितता गरिदिन आन्दोलनरत चार बिद्यार्थी संगठनका बिश्वबिद्यालय अध्यक्षहरु अनेरास्ववियुका हेमराज कठाएत,अनेरास्ववियु क्रान्तिकारीका नगेन्द्र दाहाल, नेबि संघका मन्दिप पोखरेल र अखिल क्रान्तिकारीका किरण रोकाया निबेदन सहित जिल्ला प्रसासन कार्यालय चितवन पुग्दा बिश्वबिद्यालयको जिम्मा लिने तिमीहरु को हौ ? भन्दै तत्काल ताला खोल्न धम्काउदै पंचायती शैलीमा कार्यालयमै आफुहरुलाई २ घण्टा नजरबन्दमा राखेर सरकार आफैले लोकतन्त्रको उपहास गरेको’ क्रान्तिकारीका अध्यक्ष नगेन्द्र दाहाल बताउछन ।

    शिक्षाखबर संग कुरा गर्दै बिश्वबिध्यालयमा मास्टर्स अध्ययनरत एक बिद्यार्थी बताउनुहुन्छ “कार्यालय समय पश्चात दुइ ट्रक बढी प्रहरी परिचालन गरि ५:३० मा जिम्मेवार संगठनले लगाएको ताला फोर्नुले बिद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई भड्किलो बनाइ सकेसम्म झडप गराई सांडाइ ( प्रसासन आफैले गर्ने अनिश्चितकालिन बन्द )लगाई बिद्यार्थी घर पठाउने दाउमा प्रसासन रहेको जनाउछ, जस अनुसार पनि विद्याथीहरु सचेतता पुर्बक शान्तिपूर्ण धर्नामा छन् ” ।
    विश्वविद्यालयले २०७४ भदौ २ गते संयुक्त विद्यार्थी संगठनसँग सम्झौता गरेर निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगन गरेको थियो । विश्वविद्यालयले सञ्चालन गरेको आंगिक क्याम्पसको अवस्था नाजुक हुँदाहुँदै निजी कलेजलाई सम्बन्ध दिँदा विश्वविद्यालय कृषि शिक्षाको व्यापार गर्ने पसल बनेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।
    ताला फोरे पश्चात बिद्यार्थीहरुले बिहिबार बेलुका मशाल जुलुस निकालेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु