skip this
  • चितवन विशेष

    मजदुर माथी दमनकाे विराेधमा नेकपा विप्लव निकट योङ्ग रेड फोर्स चितवनकाे अायाे कडा विज्ञप्ती

  • चितवनमा भएको अटो व्यावसायि मजदुरहरुको शान्ति पुर्ण आन्दोलनमा प्रहरी द्वारा हस्तक्षेप र गोलि प्रहारको घटना प्रति योङ्ग रेड फोर्स चितवन गम्भीर भर्त्सना गर्दछ ! श्रमजिबि नेपाली जनताको भरमा टिकेको राज्य बेबस्था आज तिनै जनताहरुलाई निरङ्ग्कुस् हिट्लरी शासन लादै छ ! नेपाली युवाहरुले खाडीमा खुन पसिना एक गरि कमायको पैसाको रेमिटान्स खाएर मोटाउन पल्केको यो राज्य बेबस्था अब धेरै दिन टिक्ने वाला छैन ! सान्ती पुर्ण आन्दोलनमा राज्य सरकार र प्रदेश सरकारले गरेको दमन विरुद्ध श्रमजीवी मजदुरहरु एक हुन जरुरी छ ! ईतिहासमा हेर्ने हो भने कुनैपनी निरङ्ग्कुस शासनले मजदुर आन्दोलन रोक्न सकेको छैन , किनभने आन्दोलन तब हुन्छ जहाँ अन्याय र अत्याचारले सिमा नाघेको हुन्छ ! चितवनमा प्रमुख हाईवे अटो चल्न रोक लगाउन सक्ने भरतपुर महानगर प्रमुख र प्रदेश सरकारको गृहमन्त्रीले किन अटो मजदुरलाई बेबस्थापन गर्न सक्दैन ? यदि सहि नियत भए अटो मजदुरहरुको बेबस्थामा जुट्नुपर्छ , कित हैन भने किनबेच भएको हुनुपर्छ ! नेपाली जनताहरुले श्रम गरि खान पाउनुपर्छ ! राज्य सरकारले रोजगारको बेबस्था गर्नत परै जाओस् उल्टै पेट्मा लात हान्छ भने पकै पनि यस्को जवाफ जोडदार का साथ फिर्ता गर्नेछन् नेपाली जनताले ! सिद्दिनु अघि प्वाँख पलाएउछ भनेझैं हुनेछ यो बेबस्थाको ! एस मजदुर आन्दोलनमा घाइते भएका मजदुरहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित्त अटो मजदुर आन्दोलनलाई साथ समर्थन र रुप अनुसारको स्वरुप दिन योङ्ग रेड फोर्स चितवन प्रतिबद्धता र यकेबद्द्ता ब्याक्त गर्दछ !!
    ( क . किरण नेकपा विप्लव नेतृत्व योङ्ग रेड फोर्स चितवन जिल्ला सचिव !!

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु