skip this
  • चितवन विशेष

    प्रहरी असुरक्षित भए पछी गाेली चलाउनु बाध्यता भयाे : एसपी राठौर

  • चितवन, साउन ९–

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरले प्रहरी चौकीमाथि आक्रमण गर्ने जोकोहीलाई पनि गोली चलाईने बताएका छन् ।

    आज उत्पन्न परिस्थितका बारेमा  संचार माध्यम सँग कुराकानी गर्दै एसपी राठौरले जनताको सुरक्षाका लागि स्थापना गरिएको चौकीमाथि आक्रमण गर्नु निन्दनीय भएको भन्दै आक्रमण गर्ने जोकोहीलाई पनि गोली चलाईने बताए । उनले आज भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकमा रहेको चौकीमाथि आक्रमण हुन थालेपछि अन्तिम अवस्थामा प्रहरीले गोली चलाएको बताए । उनले भने–“स्वंम प्रहरी र चौकी नै असुरक्षित भएपछि गोली चलाउनु परेको हो, प्रहरी चौकी, प्रशासनलगायत जिल्लाका संवेदनशील क्षेत्रमाथि आक्रमण गर्नेलाई गोली हान्न प्रहरीले कसैको अनुमति लिनु पर्देन ।”

    आज दिउँसो आन्दोलनरत तीन पाँग्रे सवारी साधनका चालकहरुले मोटरसाईकल जलाउनुको साथै प्रहरी चौकीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा प्रदर्शनमा उत्रिएका अटो रिक्सा चालक महेन्द्र सुनार प्रहरीको गोली लागि घाईते भएका थिए । उनको भरतपुरस्थित एलाईभ हस्पिटलमा उपचार भईरहेको  ।

    फाेटाे साभार नारायणी अनलाइन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु