skip this
  • चितवन विशेष

    तिनपांग्रे सम्बन्धी महानगरकै निर्णय लागु, मजदुर नेताले गरे धाेका : चालक तथा व्यावसायी (माइन्युट सहित)

  • -भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त वनेको थियाे । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीविच झडप भएको थियाे । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते समेत भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान पनि घाइते भएका थियाे । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड पनि गरेका थिए ।प्रदशनका क्रमामा दर्जनाै घार्इते भएकाे अाशंका गरीएकाे छ । थप विवरण अाउन भन्ने बांकि छ । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको थियाे । यति हुदाँ समेत अटाे व्यावसायीका माग पुरा नहुने भएकाे छ । घटना पश्चात महानगर उप प्रमुखकाे समेतकाे सहभागीतामा भएकाे वार्ता मार्फत अान्दाेनका सबै कार्यक्रम स्तगित भएका छन् । अाज भएकाे वार्तामा  निर्णय नं. ३ मा प्रस्ट सँग लेखिएकाे छ महानगरकै निर्णय लागु हुने कुरा उल्लेख भएकाे छ । यता मजदुरका नेताले धाेका गरेकाे अाराेप व्यावसायी तथा अटाे चालकले लगाएका छन ।

     

    उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु