skip this
  • चितवन विशेष

    मजदुर माथी दमनकाे क्रान्तीकारी माअाेवादीकाे विराेध माग पुरे नगरे प्रतिराेध गर्ने चेतावनी (विज्ञप्ती सहित)

  • चितवन,साउन ९-

    भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त वनेको छ । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीविच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान घाइते भएका छन् । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् ।प्रदशनका क्रमामा दर्जनाै घार्इते भएकाे अाशंका गरीएकाे छ । थप विवरण अाउन भन्ने बांकि छ । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

    उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका हुन् । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका हुन् । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    साथै यस घटना लाइ  लिएर क्रान्तिकारी माअाेवादी पार्टी चितवनले एक विज्ञप्ती मार्फत कडा भत्सर्ना गरेकाे छ । विशेष गरी निम्न अाय भएका अाम सर्वसाधनरणकाे जिवनस्तर उकास्न मद्दत गर्नुका साटाे अस्तव्यस्त बनाउन सरकार तल्लिन रहृकाे अाराेप लगाएकाे छ । क्रान्तिकारी माअाेवदीका चितवन जिल्ला सेक्रेटरी अशाेक शर्माले निकालेकाे विज्ञप्तिमा मजदुरकाे अान्दाेलनमा कायरता पुर्ण तवरले गृहमन्त्री राम बहादुर थापाकाे अादेशमा गाेली चलाएकाे प्रती कटाक्ष गर्दै सरकार फाँसीवादी चरित्रका साथ अगी बढेकाे कारण सरकार विरूद्द अान्दाेलन गर्नुकाे विकल्प नरहेकाे प्रस्ट पारेका छन । साथै मजदुर काे माग पुरा गर्न प्रशासन तयार नभए प्रतिराेध गर्ने चेतावनि दिएका छन  ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु