skip this
  • चितवन विशेष

    महानगरमा फेरी तनाव , माग पुरा नगरेकाेमा अाक्राेश, प्रहरी तयारी अवस्थामा,मजदुर नेताकाे यस्ताे अायाे विज्ञप्ति

  • सुशन पाेडेल,चितवन

    भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त वनेको थियाे । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायी र प्रहरीविच झडप भएको थियाे । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना प्रर्दशनकारी घाइते समेत भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर दुई प्रहरी जवान पनि घाइते भएका थियाे । प्रर्दशनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड पनि गरेका थिए ।प्रदशनका क्रमामा दर्जनाै घार्इते भएकाे अाशंका गरीएकाे छ । थप विवरण अाउन भन्ने बांकि छ । प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको थियाे । यति हुदाँ समेत अटाे व्यावसायीका माग पुरा नहुने भएकाे छ ।

     

    उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    यसै बिच यता मजदुरका नेताले धाेका गरेकाे अाराेप व्यावसायी तथा अटाे चालकले लगाएका छन । यसकारण पुन अान्दाेलन चर्काउने पक्षमा मजदुर रहेकाे खुल्न अाएकाे छ । प्रहरी सँग बुझदा चाेक चाेकमा प्रहरी तैनाथ गरिएकाे हुँदा कुनै पनी घटना भए तत्काल एक्सनमा उत्रने जनाएका छन । यस अवस्थामा महानगरमा फेरी तनाव हुने हाेकी भन्ने अाशंका गरिएकाे छ । घटना पश्चात महानगर उप प्रमुखकाे समेतकाे सहभागीतामा भएकाे वार्ता मार्फत अान्दाेनका सबै कार्यक्रम स्तगित भएका थिए । हिजाे साँझ भएकाे वार्तामा  निर्णय नं. ३ मा प्रस्ट सँग लेखिएकाे छ महानगरकै निर्णय लागु हुने कुरा उल्लेख भएकाे थियाे ।

    विज्ञप्ती

     

     

     

    हाम्रा संगठन अ.ने.क्रा. ट्रेड युनियन महासंघ राषिट्रयता जनजिविका, उत्पिडित वर्ग र समाज परिवर्तनकाे लागी हुने सबैखाले  अान्दाेलनमा अग्र भागिय माेर्चामा रहेर काम गर्दै अाइरहेकाे कुरा सर्वविदीतय छ ।

    अाज देश महगीं, भ्रस्टचार कालाबजारिया हरूकाे कारण उत्पिडीत श्रमिक वर्ग माथी महगींले ढाड सेकाइएकाे छ । खाेक्राे  वामपन्थीके खाेल अाेढेका राज्य सत्ता सन्चालकहरू  दलाल भ्रस्टचारीहरूकाे संरक्षण गर्दै  शाेसित  पिडित श्रमजिबि वर्गमाथी  निरकंशता लादीरहेकाे छ ।

    यस अवस्थामा भरतपुर महानगरपालिका द्धारा  लिएकाे तिन पाङग्रे अटाे तथा इ रिक्सा लार्इ साउन ५ गते भरतपुरकाे मुख्य सडक  भित्र गुडन प्रतिबन्ध लगाउने  निर्णय सच्चाउन माग गर्दै हिजाे भरतपुरमा अटाे चालकहरूले गरेकाे शान्ति पुर्ण अान्दाेलनमा  प्रहरी द्धारा  दमन र मजदुर माथी गाेली प्रहार हुनु अमानविय  र निन्दिनय भएकाेले यस घटना प्रति हाम्राे संगठनले घाेर अापत्ती जनाउछाै , साथै विदेशमा गएर विदेशिएका  गुलामी बन्नु भन्दा अाफनै देशमा रहेर , केही गरेर जिविका चलाउने  अात्मविश्वास  लिएकाे अटाे चालका हरूकाे मागलाइ ध्यानमा राखी भरतपुर महानगरपालीकाले  लिएकाे साे  निर्णय तत्काल फिर्ता गरी मजदुर हरूलाइ गरिखान  पाउने अधिकारकाे सुनिश्चीत गरियाेस ।

    यदि श्रमिकहरूकाे मागलाइ कमजाेर मानी महानगरपालिका पुनह दमनकाे बाटाे लिए हाम्राे  संगठन इटकाे जवाफ पत्थरले  दिन तयार रहेकाे कुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउछाै  ।

    पुरन रार्इ

    अध्यक्ष

    अ.ने.क्रा. ट्रेड युनियन महासंघ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु