skip this
  • नेपाल सेरोफेरो

    अटाे मजदुर द्धारा साउन १४ गते यातयात बन्दकाे अह्वान

  • सुशन पाेडेल,चितवन

    उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे व्यवसायी थप आन्दोलित भएका थिए । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका थिए । भरतपुर महानगरपालिका भित्र साउन ५ गते देखि तिनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।

     

     

     

    यसै बिच यता मजदुरका नेताले धाेका गरेकाे अाराेप व्यावसायी तथा अटाे चालकले लगाएका छन । यसकारण पुन अान्दाेलन चर्काउने पक्षमा मजदुर रहेकाे खुल्न अाएकाे छ । प्रहरी सँग बुझदा चाेक चाेकमा प्रहरी तैनाथ गरिएकाे हुँदा कुनै पनी घटना भए तत्काल एक्सनमा उत्रने जनाएका छन । यस अवस्थामा महानगरमा फेरी तनाव हुने हाेकी भन्ने अाशंका गरिएकाे छ । घटना पश्चात महानगर उप प्रमुखकाे समेतकाे सहभागीतामा भएकाे वार्ता मार्फत अान्दाेनका सबै कार्यक्रम स्तगित भएका थिए ।तर पछिल्लाे विज्ञप्ती अनुसार साउन १४ गते यातयात वन्दकाे अाह्वान अटाे मजदुर हरूले गरेका छन ,यसमा विप्लव निकट याेङ रेड फाेर्सकाे पनि यक्यबध्यता रहेकाे जानकारीमा अाएकाे छ , विज्ञप्ती मजदुर नेता पुरन रार्इ मार्फत प्राप्त भएकाे हाे   बुधवार साँझ भएकाे वार्तामा  निर्णय नं. ३ मा प्रस्ट सँग लेखिएकाे छ महानगरकै निर्णय लागु हुने कुरा उल्लेख भएकाे थियाे ।

    विज्ञप्ती

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु