skip this
  • चितवन विशेष

    तपाँर्इकाे घर चितवन हाे ?? ल हेर्नुस तपाइकाे गाँउ घरकाे जग्गाकाे सरकारी रेट कती ???

  • समाचार साभार www.narayanionline.com

    चितवन, साउन १४-

    भरतपुर महानगरपालिकामा पछिल्लो समयमा जग्गाको कारोबारमा कमी आए पनि जग्गाको मूल्यमा भने कुनै कमी आएको छैन ।

    जिल्ला मालपोत कार्यालयका प्रमुख नगेन्द्र पौंडेलका अनुसार नारायणगढ र भरतपुरका बजारी क्षेत्रमा सरकारी मूल्याङ्कननै कठ्ठाको दुई करोड ८४ लाख रुपैयाँ पुगेको छ । सबैभन्दा महँगो जग्गा शहिदचोकदेखि पुलचोकसम्म रहेको छ । यसरी जग्गाको न्यूनतम सरकारी मूल्यांकनलाई अध्ययन गर्दा काठमाडौं महानगरपालिकापछि सबैभन्दा महँगो महानगरपालिका भरतपुर भएको छ । प्रमुख पौडेलका अनुसार चितवनमा हरेक वर्ष जग्गाको मूल्यमा १० देखि ५० प्रतिशतसम्म बढिरहेकै छ । उनले बजारको बढ्दो महँगी, चलनचल्तीको किनबेचको आधारमा सरकारले जग्गाको मूल्य तोक्छ ।

     जग्गा व्यवसायी बाबुराम अधिकारीका अनुसार जग्गाको मूल्य बढ्दै गए पनि कारोबारमा सन्तोषजनक प्रगति भएको छैन । सरकारी मूल्यांकन अढाई करोड तोकिएको क्षेत्रमा अहिले कठ्ठाको पाँच करोड रुपैयाँसम्म कारोबार भइरहेको स्थानीयले बताउँछन् ।

    दुई वर्ष भित्र चितवनमा जग्गाको मूल्य एकै कठ्ठामा एक करोड २५ लाख रुपैयाँले बढेको छ । मुग्लिन नारायणगढ राजमार्ग वडा नम्बर १ र ३ सीमानाबाट पुल्चोकसम्मको जग्गाको मूल्य १ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । शहिदचोक(महेन्द्र राजमार्ग)बाट बालकुमारी मावि जाने चोकसम्मको सरकारी मूल्य कठ्ठाको १ करोड ९६ लाख रुपैयाँ छ । महानगरभित्रको गंगादेवी मार्ग, शहिद मार्ग क, शुक्रमार्ग(जुनहल लाइन) भृकुटी मार्ग क, पुतलीबजार मार्ग, पुतलीबजार मार्ग क, इन्द्रदेव मार्ग, कमलनारायण मार्ग, हङकङ मार्ग, लायन्स चोकबाट नमस्ते चोक,बालकुमारी मार्ग, बालकुमारी कन्या मार्गका घडेरी जग्गाको मूल्य एक करोड २७ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

    चालु आर्थिक वर्षमा सबै ठाउँमा ३० देखि ४० प्रतिशतले मूल्यांकन बढाइएको मालपोत कार्यालय चितवनका प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार बाटोले छोएको खेतीयोग्य जग्गाको मूल्य झनै महँगो छ । कुनै पनि वडाभित्र बाटोले छोएको र खेतीयोग्य जग्गाको मूल्यांकन न्यूनतम पाँच लाख रुपैयाँ देखि ६० लाख रुपैयाँसम्म कायम गरिएको छ । कार्यालयबाट कारोबार गर्ने रत्ननगर नगरपालिकामा पनि प्रति कठ्ठा ४० लाख रुपैयाँ सम्म न्यूनतम मूल्यांकन कायम गरिएको छ।

    रत्ननगरमा बाटो नभएको जग्गाको मूल्यांकन प्रति कठ्ठा तीनलाख रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्म कायम गरिएको छ । बाटो भएको खेतीयोग्य जग्गाको मूल्यांकन प्रति कठ्ठा चार लाख रुपैयाँ देखि ९ लाख रुपैयाँ सम्म कायम गरिएको छ । चितवनबाट काठमाडौं आउने मुग्लिन सडकसँग जोडिएका कुनैपनि ठाउँमा प्रति कठ्ठा ३० लाख रुपैयाँ भन्दा बढी न्यूनतम मूल्यांकन गरिएको छ ।

    खैरहनी नगरपालिकामा पर्ने जग्गाको न्यूनतम मूल्याङ्कन पनि ३० लाख रुपैयाँ कायम गरिएको छ। बाटो नभएको जग्गाको प्रति कठ्ठा तीन लाख रुपैयाँ, बाटो भएको खेतीयोग्य जग्गाको प्रति कठ्ठा छ लाख रुपैयाँ र बाटो भएको घडेरी जग्गाको प्रति कठ्ठा ३० लाख रुपैयाँ सम्म मूल्यांकन कायम गरिएको छ।

    कालिका नगरपालिकामा पनि बाटो नभएको जग्गाको मूल्यांकन प्रति कठ्ठा दुई देखि तीन लाख रुपैयाँ सम्म कायम गरिएको छ । बाटो भएको जग्गाको भने प्रति कठ्ठा पाँच लाख रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ ।

    ईच्छाकामना गाउँपालिकामा पर्ने जग्गाको मूल्यांकन प्रति कठ्ठा ५५ लाख रुपैयाँ सम्म कायम गरिएको छ। गाउँपालिकामा बाटो नभएका घडेरीयोग्य जग्गाहरु प्रतिकठ्ठा नौ लाख रुपैयाँ र खेतीयोग्य जग्गा प्रतिकठ्ठा पाँच लाख रुपैयाँसम्म मूल्यांकन कायम गरिएको मालपोत कार्यालय चितवनले जनाएको छ । माडी मालपोत कार्यालयका प्रमुख कुस्माखर अधिकारीका अनुसार माडीको बसन्तपुर बजारमा एक कठ्ठा जग्गाको सरकारी मूल्यांकन ३० लाख रुपैयाँ रहेको छ । माडीकै बरुवामा २० लाख रुपैयाँ, कीर्तनपुर र कल्याणपुरमा भने १२ लाख रुपैयाँ रहेको छ । यता तिर पश्चिम चितवनको चनौली मालपोतका प्रमुख ऋषिराज ढकाललका अनुसार चनौली बजार क्षेत्रको जग्गाको सरकारी न्यूनतम मूल्य बढेर १९ लाख रुपैयाँ देखि २१ लख रुपैयाँसम्म पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु