skip this
  • चितवन विशेष

    जाग्याे चितवन कांग्रेस ,अामसभामा हजाराैंकाे सहभागिता

  • भरतपुर, चितवन

    (तस्वीर साभार www.naryanionline.com )

    कांग्रेसले अाज मंगलबार चितवनमा व्यापक अाम सभा गरेकाे छ । पछिल्लाे सरकारकाे गतिविधी बारे असन्टुषट राख्दै अाएकाे कांग्रेस अाज देशै भरी सडकामा उत्रेकाे हाे ।  ¥यालीमा हजारौंको संख्यामा काँग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नारायणगढको पुलचोकमा भएको कोणसभामा बोल्दै काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारले क्रियाकलापले नै काँग्रेसलाई आन्दोलन गर्न बाध्य बनाएको बताए । “छोटो समयमै सरकारको विरोध गर्न मन थिएन्, तर अधिनायकवाद शैलीमा जनतालाई मारमा पार्ने काम गरेपछि बाध्य भएर सडकमा उत्रिएका हौं”–नेता भण्डारीले भने ।

    उनले सरकार यसरी नै चल्दै गए काँग्रेस चुप लागेर नबस्ने बताए । यस्तै कार्यक्रममा बोल्दै काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले काँग्रेस सिदियो भन्ने नेकपाका अध्यक्ष प्रचण्डलाई चितवनको प्रदर्शन हेर्न चेतावनी दिए । उनले भने–“जसको बुई चढेर पार्टी सकिनबाट जोगाएको छ, उसैलाई अब पार्टी सकियो भन्ने ?”

    सभामा प्रदेश साँसद गीता वाग्ले, काँग्रेस जिल्ला सचिव उत्तम जोशीलगायतको सहभागिता रहेको थियो । नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा एकसाथ सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु