skip this
  • यौन/स्वास्थ्य

    वैज्ञानिकहरूको दाबी: दुग्धपदार्थबाट हृदयघात हुँदैन

  • वैज्ञानिकहरूले विशुद्ध दूधबाट बनेका उत्पादन पनीर, मक्खन वा दूधको चिल्लोले हृदयघातका कारण हुने असमयको मृत्युको जोखिम नबढाउने बताएका छन् ।

    एक नयाँ अध्ययनमा दुग्ध पदार्थ र मुटुको रोगमा कुनै सम्बन्ध नदेखिएको भनिएको छ । अनुसन्धानकर्ताहरूले बरू दूधको चिल्लोले गम्भीर हृदयघातबाट सुरक्षा दिने बताए ।

    अमेरिकाको टेक्सास विश्वविद्यालयका सहायक प्राध्यापक मार्सिया ओटोले यो अध्ययनबाट वृद्धहरूमा दुग्ध पदार्थले हृदयरोग दिलाउने कुरा गलत प्रमाणित गरेको बताए ।

    यस अध्ययनमा २२ वर्षसम्म दुग्ध पदार्थमा भएको चिल्लोयुक्त अम्ल र मुटुरोग वा मृत्युकारक सम्बन्ध हेर्नका लागि अनेकौं बायोमार्करहरूको अध्ययन गरियो । कुनै पनि मेसमा उक्त अम्लको मृत्युदरसँग खास सम्बन्ध देखिएन ।

    यो अध्ययन अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन नामक पत्रिकामा प्रकाशित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु