skip this
  • फिचर

    के बाजि मार्लान त ? अनेरास्ववियूको अध्यक्षमा पराजुलीले

  • सुजन ढकाल
    काठमाडौं – अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) बीच एकता भएर बन्ने एकीकृत अनेरास्ववियुको नेतृत्वका लागि सुदेश पराजुलीको नाम चर्चामा आएको छ। एकीकृत

    अनेरास्ववियुको अध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा सुरु भएको जस्तो देखिएको भएतापनि एकीकृत अनेरास्ववियुको अध्यक्ष पदमा आफु योग्य रहेको सुदेश पराजुलीले बताउनु भएको छ । एकीकृत अखिलको अध्यक्ष बन्नका लागि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डका दुई जना विश्वास पात्रका पनि पराजुलीको प्रतिस्पर्धामा देखिएको छ ।
    प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र ऐन महरलाई अध्यक्ष बनाउन चाहेका छन् । उता, अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आफु निकटका रञ्जित तामाङलाई अध्यक्ष बनाउनुपर्ने अडान कसेका छन् ।
    पार्टीका दुई अध्यक्षले एक एक जना उम्मेदवार बोकेपछि बरिष्ठ नेता माधव नेपालले पनि सुदेश पराजुलीका नाममा अडान लिएका छन् । पराजुलीका पक्षमा अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि उभिएका छन् ।
    महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष थिए । पराजुली भने माधव नेपाल र झलनाथ खनालको विश्वास पात्रका बनेर अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए ।
    अखिल एकिकरणका लागि नेकपा केन्द्रीय कमिटी सदस्य तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, अखिल अध्यक्ष नविना लामा, अखिल(क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल गठन भएको छ ।
    सो कार्यदलले भदौ ५ गतेसम्म एकिकरण गरिसक्ने अख्तियारी पाएको छ । कार्यदलले गठन गरेको उप समितिले एकताको मोडालिटी समेटिएको प्रतिवेदन भदौ २३ गते नै बुझाईसकेको छ ।
    उप समितिले एकीकृत सङ्गठनको केन्द्रीय कमिटी बढीमा ४९९ सदस्यीय बनाउने र संयोजक सहित ९ सदस्यीय केन्द्रीय कार्यालय निर्माण गर्न सिफारिस गरेको थियो ।
    ओली र प्रचण्डले एक एक जनाको नाममा अडान लिएपछि बरिष्ठ नेता नेपाल र खनालले पराजुलीका लागि कडा अडान लिईरहेका छन् ।
    सुदेश पराजुलीले आफुलाई देशप्रेमी विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने बताएका छन् । आफुलाई नेकपाका दुई वरिष्ठ नेताहरु नेपाल र खनालका विश्वासका पात्रका रुपमा भन्दापनि सारा विद्यार्थीहरुको कै साझा अध्यक्ष बन्न चाहेको समेत बताएका छन् ।
    तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकिकरणपछि दुई पार्टीको भातृ विद्यार्थी संगठन समेत एकीकृत हुन गईरहेको हुदा दुवै पार्टी निकटका विद्यार्थीहरुलाई संयोजन गर्नुपर्ने यो महत्त्वपूर्ण समयमा आफुलाई अध्यक्ष पदमा प्रस्तुत गरेको पराजुली बताउन् ।
    देशभरिकै न्यायप्रेमी विद्यार्थीहरुको नेतृत्व गर्नु र विद्यार्थीको व्यबहारिक शिक्षाको सुनिश्चिताका लागि समेत मेरो आवाज उठेको बताउदै अध्यक्षमा आफ्नो पक्षमा सर्व सहमति जुट्ने विश्वास समेत पराजुलीले व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु