skip this
  • फिचर

    एप्पलले यो वर्ष तीन नयाँ आइफोन लञ्च गर्ने

  • काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले यो वर्ष तीन नयाँ आइफोन लञ्च गर्नेसमाचार लामो समयदेखि नै चर्चामा रहँदै आएको छ । सन् २०१८ को अन्त्यतिर एप्पलले नयाँ आइफोन लञ्च गर्ने सम्भावना छ ।

    हालै सार्वजनिक एक नयाँ खबर अनुसार एप्पलले यो वर्ष केवल नयाँ आइफोन मात्र होइन, दुई नयाँ आइप्याड ट्याबलेट पनि लञ्च गर्न सक्नेछ । प्रो सिरिजको रुपमा यी आइप्याड लञ्च हुनेछन् ।

    एप्पलले यो वर्ष आफ्नो आइप्याड मिनी अपडेट नगर्ने बताइएको छ । यद्यपि यो वर्षको अन्त्यसम्म नयाँ १२.९ इन्च तथा ११ इन्चवाला नयाँ आइप्याड लञ्च भएसँगै विद्यमान ७.९ इन्चवाला आइप्याड मिनी बजारमा रहिरहनेछ ।

    नयाँ ११ इन्चको आइप्याड प्रोले १०.५ इन्चको मोडेललाई प्रतिस्थापन गर्नेछ । यो डिभाइसको स्क्रिन साइज केही ठूलो हुनसक्नेछ । नयाँ आइप्याड प्रोमा फास्ट चार्जिङका लागि युएसबी टाइप सी सपोर्ट पनि हुनेछ ।

    यी दुवै आइप्याड ट्याब्लेटसँगै केही अन्य डिभाइस पनि एप्पलले लञ्च गर्नसक्नेछ ।

    समाचार अनुसार एप्पलले इन्ट्री लेभल म्याकबुक सिरिज तथा बहुप्रतिक्षित एयरपावर वायरलेस चार्जर लञ्च गर्न सक्नेछ ।

    एप्पलका दुबै आइफोनले सामसुङको ग्यालेक्सी नोटले जस्तै स्टाइलस सपोर्ट टेक्नोलोजीयुक्त हुनेछन् । साथै ओएलइडी स्क्रिन तथा एप्पल पेन्सिलबाट पनि चलाउन मिल्नेछ । यो फिचर अहिले केवल आइप्याडमा मात्र सीमित छ ।

    – एजेन्सी

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु