skip this
  • चितवन विशेष

    भरतपुर महानगरको २० ठाउँमा (आइल्यान्ड) निर्माण, मेयर रेनु दाहालकाे प्रशंसा

  • शुसन पाैडेल

    चितवन, १८ साउन ।

    चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा  मेयर रेनु दाहालकाे निर्देशनमा ट्राफिक पोष्ट (आइल्यान्ड)राखिएको छ ।महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् र राजमार्ग पनि सुन्दर देखियाेस भन्ने हेतुले  महानगरले दिगो शहरी विकास नीति अनुसार ट्राफिक पोष्ट (आइल्यान्ड) विभिन्न २० स्थानमा राखिएको हो ।

    हेर्दा सुन्दर देखिने याे ट्राफिक पोष्ट  (अाइल्यान्ड)  चितवननको भरतपुर महानगरमा तीन पाग्रे सावारी व्यवस्थापनमा सक्रिय भएको केहि दुई साता भित्र नै भरतपुर महानगरकी मेयर रेनुले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहजता होस् भनि ट्राफिक पोष्ट (आइल्यान्ड) राख्न लगाएकी हुन् । रेनु दाहालकाे याे कार्यकाे सामाजिक सन्जालमा  निकै चर्चा भइरहेकाे छ ।
    महानगरको वोर्ड बैठकबाट निर्णयबाट भरतपुरमा ट्राफिक पोष्ट (आइल्यान्ड) थालिएको मेयर सचिवालयले जनाएको छ ।
    सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत महानगरको पहलमा श्रद्धा हाउजिगं प्रा.लि.ले १० बर्षका लागि जिम्मा लिई उक्त ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।
    श्रद्धा क्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राख्ने सम्झौता समेत भएको महानगरका प्रमुख प्रशासकिय अधिकृत नेत्र सुवेदीले जानकारी दिए । श्रद्धाले २० वटा वापत हरेक बर्ष २ लाख रुपैया राजश्व समेत महानगरलाई बुझाउने समेत उनले बताए ।
    उनले भने– ‘सडकमा भिड कम भएको वेलमा ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिल्नेछ ।’

    केन्द्रिय बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुलचोक, लिला चोक, पोखराबस पार्क चोक, आपटारी चोक लगायतका २० ठाउँ पोष्ट राखिएको मेयरको सचिवालय टिमका गोपालकृष्ण न्यौपानेले जानकारी दिए ।
    सो पोष्टमा सोलारको समेत गरि मोबाइल फोनलाई चार्ज व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।
    साथै वातावरणमैत्री बनाउन महानगर अन्य ठाउँका सम्पूर्ण चोकमा समेत यस्ता निर्माण राख्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु