skip this
  • नेपाल सेरोफेरो

    जाजरकाेट डाइरी : हेमन्त केसी

  • तिलक ठकुरी शाही,जाजरकाेट

    काठमाण्डौ , २० साउन ः कपडा सिलाएर दैनिक गुजारा चलाउँने प्रेम परियार र उनकी श्रीमती छोराछोरीलाई खाना खुआएर नियमित काममा ठाँटीवजारमा पुगे । हत्तपत्त पसलमा अघेल्लो दिनको वाँकी रहेको कपडा सिलाउन लागेको १५ मिनेट नवित्दै पहिरो गएको खवर आयो । दौडिदै घर तीर हिडे । तर घर माथीबाट आएको पहिरोले नाम , निसानै नरहने गरि पुरिएको देखेपछि छोरो त भेटाउँने आशा एकै पटक वज्रपातको रुपमा देखा पर्र्यो । न छोरा , भेटियो न त घर नै । आफु पढ्न नसकेपनि छोरोलाई पढाएर डाक्टर बनाउने उनको ठुलो धोको भएको रुदै उनले सुनाए । स्थानीय एक निजी विद्यालयको चार कक्षामा पढ्ने १३ वर्षीय नरेन्द्र परियार नजिकै रहेको साथीको घरमा होमवर्क गर्न भनेर गएका थिए । नरेन्द्रको मामाको छोरा ११ बर्षको नविन परियार पनि उनीसँगै साथीको डेरामा थिए । उनीहरुसँगै १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चारजना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए। आइतबार बिहान ८ बजेतिर माथिबाट आएको पहिरोले उनीहरु बसेको घर संगै उनीहरुलाई पनि वाँकी राखेन । नलगाड ३ करुवाका गोविन्द र दशरथ दुवै आमाबाबु गुमाइसकेका बालक हुन् । उनीहरु दिदीसँग भेरी ३ ठाँटीमा डेरामा बस्दै थिए । गोविन्द परियार अझै भेटिएका छैनन्। त्यस्तै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष तीर्थराज बोहरा र उनकी श्रीमती खान पकाउँदै थिए। छोरी नग्मा वोहरा बाहिर खेल्दै थिइन् । केही वेर अघि मात्र छोरीको पढाई राम्रो भएकाले अलि राम्रो विद्यालयमा पढाएर वेस राम्रो बनाई डाक्टर पढाउने श्रीमान् र श्रीमती वीच कुरा भएको थियो । छोरी अव डाक्टर पढ्ने भनेपछि फुरुग हुँदै छोरी म त अव डाक्टर वन्ने भन्दै उफ्रीदै आंगनमा खेल्दै थिईन वोहोराले भने । एक्कासी माथीबाट आएको पहिरोले छोरीलाई लियो । वचाउने कोही भएन् । पहिरोमा पुरिएकामध्ये जीवितै उद्धार गरिएका भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहार पछिसम्म कराउँदै थिए । तत्काल उद्धार टोली आएपछि वचाउन सकिएको स्थानीय लभ पुनले बताए । खड्गबहादुरलाई जीवितै उद्धार गरे पनि उनकी श्रीमती २५ वर्षीया शितला लुहार, छोरी ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियारलाई भने पहिरोले एकै चिहान बनायो । सवै परिवार मृत्यू भयो म मात्र एक्लै वाँचेर के गर्ने भन्दै उनी कराईरहेका छन् अस्पतालको वेडमा । बोहोराको घरमा डेरा बसेका उनी छोरी पढाउने र आफू मिस्त्री काम गर्थे । आफुले कमाएको पैसाबाट छोरीलाई पढाउने गथे । जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। जाजरकोटमा बातारणीय प्रभाव मुल्याकंन विना खनिएका सडकहरु अहिले काल बनेर यहाँका सर्वसाधारणको जिन्दगी कहिले नफर्कने गरि लिदैछन् । जाजरकोट सदरमुकाम पहिरोको उच्च जोखिममा रहेको छ । सरोकारवाला निकायको गम्भिर लापरपाहीका कारण अझै कति वेला के हुने हो यहाँका स्थानीयहरु त्रासमा वाँचेका छन् । वेलुका सुतेको व्यक्ति विहान जिउँदो पाईन्छ ए पाहिदैन् भन्न मुस्किल भएको स्थानीय कमान खड्काले बताए । जिल्लाका दर्जनौ ठाउँहरु यसरी नै उच्च जोखिममा रहेका छन् । सडक विभागको लापरवाहीले गर्दा दैनिक समस्या थपिदै गएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु