skip this
  • चितवन विशेष

    चितवनमा बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु

  • चितवन,साउन २३-

    पुर्वीचितवनको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    राति ११ बजे भएको सो दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा , बसका यात्रु ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ बर्षिय तारा बराल र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

    साभार नारायणी अनलाइन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु