skip this
  • नेपाल सेरोफेरो

    प्रकाण्डलार्इ गिरफ्तार गरेपछी सत्ता धारीकै मन्त्रीकाे अापत्ती

  • विप्लव नेकपाका प्रवक्ता प्रकाण्डलार्इ प्रहरीले गिरफतार सत्ताधारी नेकपाका नेताहरूले साे कार्यकाे विराेध गरेका छन् ।

    सत्ताधारी नेकपाका पूराना नेता एवं पूर्व शिक्षा मन्त्री डी अार पाैडेले सामाजिक संजालबाट विप्लव नेकपाका प्रवक्ताकाे गिरफ्तारीकाे विराेध गरेका छन् ।पाैडेलसहित साेही पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दीपशिखाले पनि सामाजि संजाल फेसबुकबाट प्रकाण्डकाे गिरफ्तारीकाे विराेध गरेका छन् ।

    सामाजिक संजाल फेसबुकमा ‘बादल गृहमंत्री ! प्रकाण्डको हातमा हत्कडी ?’ शीर्षकमा स्टाटस लेख्दै सत्ताधारी नेकपा नेता पाैडेले नेता प्रकाण्डलार्इ गरिएकाे गिरफ्तारीकाे अाेली सरकारकाे निन्दनीय कार्य भनेका छन् ।

    विप्लव नेकपाले अझै युद्धकाे घाेषणा नगरिसकेकाे बेला पूर्व मन्त्री समेत रहेका प्रकाण्डलार्इ हत्कडी लगाउनु पर्ने बेला नभएकाे भन्दै पाैडेलले राजनीतिक समस्याकाे समाधान राजनीतिक हुनुपर्ने अाैल्याएका छन् ।

    यसैगरी सत्ताधारी नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा दीपशिखाले पनि फेसबुकमा स्टाटस लेख्दै नेकपाका प्रवक्ता प्रकाण्डलार्इ गिरफ्तार गर्नु राजनीतिक समाधान नभएकाे बताएका छन् ।

    नेता पाैडेलले ‘बादल गृहमंत्री ! प्रकाण्डको हातमा हत्कडी ?’ शीर्षकमा लेख्छन् –
    • यो दृश्य देख्दा गृहमंत्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला ?
    • वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो ।
    • प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पुर्व मंत्री र एउटा राजनैतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसावले हत्कडी लाउनुपर्ने समय यो होइन ।
    • प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन् न त उनको पार्टीले नै ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो ।
    • नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ । त्यो राजनैतिक समस्या हो । राजनैतिक रुपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ ।
    • अत: क. प्रकाण्डलाई विना शर्त रिहाइ गर सरकार !

    दीपशिखाकाे सामाजिक संजाल फेसबुकमा स्टाटस यस्ताे छ –

    नेता डी अार पाैडेलकाे फेसबुक स्टाटस –

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु