skip this
  • चितवन विशेष

    गृहमन्त्री बादलको गर्जनः विप्लव समूहका प्रवक्ता प्रकाण्ड अपराधी हुन् (भिडियोसहित)

  • चितवन, साउन २५

    गृहमन्त्री रामबहादुर थापा बादलले पक्राउ परेका विप्लव समूहका प्रवक्ता खड्गवहादुर विश्वकर्मा प्रकाण्ड अपराधी भएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले प्रकाण्ड अपराधी भएकै कारण पक्राउ गरिएको स्पष्ट पार्नुभयो ।

    “प्रकाण्ड वारेन्ट गरि गरिएका व्यक्ति हुन्, उहाँले भन्नुभयो’,उनि गैरकानुनी काम र ध्वम्सात्मक गतिविधीमा संलग्न थिए, चन्दा आतंक मच्चाएकोले पक्राउ गरिएको हो ।” गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो, अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन्,उहाँले भन्नुभयो । गृहमन्त्री बादलले विप्लव नेतृत्वको नेकपा र अन्य समुहसँगका मुद्धा राजनीतिक र प्रशासनिक रुपमा हल गरिने बताउनुभयो ।

    भक्तपुरमा अपहरणकारीलाई गरिएको इन्काउन्टर सहि भएको ठहर सरकारले गरेको गृहमन्त्री थापाको भनाई छ । सरकारले यो बारेमा आफ्नो पोजिसन प्रस्ट पारेको उहाँले बताउनुभयो । २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, गृहमन्त्री थापाले भन्नुभयो,प्रहरीबाट प्राप्त रिर्पोट अनुसार उनीहरु मुठभेटमा नै मारिएका हुन् । फेक इन्काउन्टर हल्ला मात्रैं भएको भन्दै यसलाई सरकारले हल्लाकै रुपमा बुझेको उहाँले बताउनुभयो ।

    अर्को एक प्रसंगमा गृहमन्त्री बादलले समयमा नै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताउनुभयो । उहाँले सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको बताउनुभयो । सुनकाण्डको छानविनका सम्वन्धमा गृहमन्त्री बादलले छानविनको एक चरण सकिएपनि अर्को चरण सुरु गरिएको दावी गर्नुभयो ।

    समाचार सभार नारायणी अनलाइन

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु