skip this
  • चितवन विशेष

    सरकार क्रुर र आतंककारी बन्दै गएको छ ः किरण

  • चितवन,

    २५ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगायत नेताकार्यकर्ता गिरफ्तारको बिरोधमा चितवनको ठाउँ ठाउँमा कोणसभा गरेको छ । पार्टीको सहायक संगठन योङ्ग रेड फोर्स चितवनले पनि दमन र गिरफ्तारीको बिरोधलाई तीब्र्रता गरेको छ ।
    कोणसभामा बोल्दै योङ्ग रेड फोर्स चितवनको जिल्ला सचिवक क. किरणले सरकार क्रुर र आतंककारी बन्दै गएको बताए । भारतले सिमाना मिच्दा समेत नबोल्ने ,देश टुक्राउने अभियान चल्दा समेत चुप लाग्ने सकारले जनतालाई करको बिल्ला झुन्डाएर आफुहरु करोडौं को कार ,लाखौं को फोन लिएको समेत बताए ।

    जनताले खुन, पसिना बगाएर तिरको करबाट चलेको सरकारले आज जनतालाई आतंककारी शैली लाद्दै आएको पनि बताए । करोडौं अरबौ भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने सरकार जनताको अधिकारको कुरा गर्दा गिरफ्तार गर्छ भने त्यो सरकार हैन आतंककारी हो उनले भने‘ यो आतंककारी शासन धेरै दिन टिक्नेवाला छैन । र, सम्पुर्ण देशभक्त युवाहरु नेपाली जनता अब जाग्ने बेला भएको छ ।’
    केपि प्रचण्ड गठबन्धन सरकारले क्रान्तिकारिको शरीर बन्धक बनाउन सक्ला । तर, बिचारलाई कहिलै बन्धक बनाउन सक्दैनौं उनको भनाई थियो ।

    हामी राष्ट्रिय स्वाधीन र जनताको अधिकारको लागि गिरफ्तार मात्र हैन बलिदान दिन तयार छौं उनले भने‘ दलाल र सासक हो अब तिमीहरुको पनि दिनगन्ति सुरु भयो ।’ र, यो राज्य व्यवस्थाको दमन प्रति आफू र नेपाली जनताहरु प्रतिरोधको रुपमा उभिने समेत सरकारलाई कडा चेतावनी दिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु