skip this
  • चितवन विशेष

    अन्तर विद्यालय स्तरिय बुद्धीचाल प्रतियोगिता सम्पन्न

  • शुक्रराज आचार्य
    भदौ २९ ।भरतपुर, चितवन

    बालदिवसको अवसर पारेर आज भरपुरमा अन्तर विद्यालय स्तरिय बुद्धीचाल प्रतियोगिता सम्पन्न भएको छ । यूवा सहयोगी समाज भरतपुरको आयोजना एवम पेन भिषा सर्भिस मुख्यको प्रायोजनमा सम्पन्न प्रतियोगितामा वाल्मीकि शिक्षा सदनका युवराज रानाभाट प्रथम हिमालय माद्यमिक विद्यालयका आयश पौडेल द्धितीय र नारायणी नमुना माद्यमिक विद्यालयका आदर्श तिवारीले तृतिय स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार दोश्रो हुनेलाई १५ सय र तेश्रो हुनेलाई ५ सय रुपैया सहित ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ट हाम्पर प्रदान गरिएको आयोजकले जनाएको छ ।
    भरतपुर १० रिजाल चोकमा रहेको प्रेसिडेन्सी कलेजमा आयोजना भएको प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न विद्यालयका १७ जना विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक प्रेम परियारले जानकारि दिनुभयो । उक्त कार्यक्रमको अन्य सहयोगीको रूपमा
    सेभ इन्टरनेशनल, tally training center, nepa- travels & tour, र बानिया स्टेशनरी रहनुभएको थियो ।
    आगमी दिनमा समाजले एस्तै बौद्धिकवर्गका खेलहरु आयोजना गरिरहने समाजका सदस्य विमल पैडेलले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु