skip this
  • अन्तरवार्ता

    अन्तराष्ट्रिय विधार्थी सँग प्रतिस्पर्धा अाजकाे अावश्यकता : राेहित सुबेदी

  • २०६० साल देखि २०७० साल सम्म चितवन विधार्थी आन्दोनलको सुपरहिट नाम हो  रोहित सुबेदी । वीरेन्द्र क्याम्पसबाट राजेनैतिक कर्मको स्रुवात गरेका सुबेदी सोहि क्यारपसबाट भौतिकशास्त्रमा स्नाकोत्तर तह समेत हासलि गरेको छन् । विघार्थी जिवनमा रहँदा सुबेदी अध्ययन, राजनीति तथा अध्यापनमा सक्रिय रहेका थिए । विघार्थी राजनितिबाट बिदा लिएसँगै रोहित स्बेदी व्यावसायिक जिवनमा हात हालेको छन । उनी नेपालकाे ख्याती प्राप्त Education consultancy  NIEC  Chitwan का प्रबन्ध निर्देशक हुन । उनै निर्देशक सुबेदी सँग edchitwan.com का संपादकले गरेको कुराकानी यहाँ प्रस्तृत गरिएको छ ।

    अहिले त स्वदेशमै रामा्र कलेजहरु स्थापित भइरेहेको छन् तथापि विघार्थीहरु Aboard Study नै रोज्नुको कारण के होला ?

    नेपाली शिाक्षाले अन्तरास्टिय स्तरसँग प्रतिस्पर्घा गर्न नसकेको कराणले नेपाली विघार्थीहरु  Aboard लाई आफनो गन्तव्य बनाएका छ छन । प्लस टू अध्ययन पश्चात विदेश अध्ययन गर्न जादाँ आपनो योग्यता र चाहना अनुसारको सिप हासिल गरी कयिर स्निश्चीत हुने हुनाले Aboard Study नै प्राथमिकतामा परेको छ ।

    विघार्थी करियर निर्माणको लागी Aboard Study काे  महत्व के छ ?
    नेपालमा अध्ययन गरेको विघार्थीहरु नेपाली बिच मात्रै प्रतिस्र्धा गर्न सकेको छन् । आजको युगमा आफनो समुदायमा मात्र प्रतिस्पर्घा गरेर अगाडि बढ्न सकिदैन तसर्थ , विकसित रास्टहरुको विधार्धी हरु सँग प्रतिस्पर्धा गर्न र त्यहाँको काम गर्ने तरिका , सिप आदि हासिल गर्ने वैदेशिक शिक्षा अनिर्वाय बनेको छ ।
    नेपाली विघार्थी विदेश अध्ययन गर्न पठाएर राज्यलाई केहि फाईदा भएन । नेपाली पैसा विदेश । पुयाउने काम मात्र भयो । बौद्धिक समाजलाई कन्सलटेन्सीहरुले पलाएन बनाए भन्ने आरोप तपाईहरुलाई लगाउँछन नि ?
    आफ्नो देशका मान्छे शिक्षित हुदाँ , रोजगारीको अवसर प्राप्त गर्दा सिप सिक्दा कुन देशलाई बेफाईदा हुन्छ ?
    राज्यले लगानी गरेर जनतालाई शिक्षित बनाउनु पर्नेमा जनताले आफै दुख सुख गरेर , लगानी गरेर शिक्षा प्राप्त गरेका छन । यो कुरा कसरी गलत हुन्छ ?
    विघार्थी Aboard Study मा जाँदा पैसा नेपालबाट मात्र विदेश गहिरहेको छैन , बिदेशबाट पनि पैसा नेपाल आइरहेको छ । आज Remittance  ले देश बाँचेको छ । यदि Remittance  अाउन बन्द होस त? नेपालको अर्थतन्त्र के हुन्छ ? तसर्थ यी सबै मिथ्या आरोप हुन । यसमा कुनै सत्यता छैन ।
    हामीले बिघार्थी बिदेश अध्ययन गर्न पठाएको हो । विदेशमा Settle  भएर बस्न पठाएको होइन । यो कुराको अध्ययन त राज्यले गर्नु प¥यो नि । किन अघिकांश विघार्थी स्वदेश फिर्ता भएका छैन , कुरा स्पष्ट छ, यँहा राजनैतिक स्थायित्व छैन । अवसर छैन र केही गर्छु भन्ने हरु लाई वातापरण छैन । के राज्यको बनाउनु पर्ने वातारवरण कन्सलटेन्सी बनाउने हो ?
    Aboard Study मा गएका विघार्थीहले सबैभन्दा बढी फेस गर्नुपर्ने समस्या के हो ?
    यो निकै रामा्रे प्रश्न हो , नेपालबाट विदेश अध्ययन गर्न गएका विघार्थीले फेस गरिहेको समस्या भनेको समयको व्यवस्थापन हो ।
    नेपालमा काम गर्दै अध्ययन गरिरहेका विघार्थी , निकै कम हुन्छन् । अभिभावकले पनि त्यो अवसर दिदैनन् । त्यसैले विदेश हुँदा समयको व्यवस्यापन गर्ने सकिएन भने गाह्रो हुन्छ ।
    कतिपय मानिसहरु समस्यालाई समाधान गर्ने तर्फ भन्दा पनि समस्या थुपाररे बस्ने बानी हुन्छ । हो त्यही समस्या थुपार्ने बानीले कहिले काँही समाधानको बाटो नै बन्द हुने गर्छ अनि मानिस गलत निष्कर्षमा पुग्छ र अनेक घटनाहरु घट्छन ।
    विघार्थीले आफ्नो पुरा समयको आधा समय 50% अध्ययनमा लगाउनु प¥यो, 25% काममा , अनि 25% आराम , त्यसो गर्दा समस्या उत्पन्न हुँदैन ।

    तपाई कन्सलटेन्सी व्यवसायी बाहेक चितवनको राजनितिमा आशा लाग्दो भविष्य बोकेको युवा । तपाँइले हिजोका दिनमा युवा तथा विघार्थीहरुको पक्षमा निकै ठुलो आवाज उठाउने गर्नुे हुन्थ्यो । तपाईले काम गरिरहेको व्यवसायिक क्षेत्रमा के के समस्या छन् र समस्य समाधानको उपाय के हुन सक्छ ?

    हेर्नुस् , हाम्रो व्यवसाय भनेको सेवामुखी व्यवसाय हो । हामीले नेपाली विधार्थीहरुलाई विदेश अध्ययन गर्ने जान सहयोग गर्ने हो । हामी त्यो काम निरन्तर गरिरहेको छौँ ।
    यो व्यवसाय अहिले निकै प्रतिस्पर्धी बनेको छ , र निकै ठुलो आर्कषण आर्जन पनि गरेको छ । यसमा समस्यै नभएका होइनन् ,छन् तर धेरै जसो समस्या व्यवसायीले नै सिर्जना गरेका छन् । एक व्यवसायी र अर्को व्यवसायी को बिचमा अस्वस्थ प्रतिस्पर्था छ । केही व्यवसायीहरु न्युनत्म क्तबलमबचम मा पनि छैनन् भने केहीले निकै राम्रो व्यवसायी आचारण प्रस्तुत गरेको छन् । हाम्रो आफ्नै व्यवसायी फोरम छ । हामीले बेला बेलामा यो क्षेत्रमा हुने बिकृतीको एकजुट भएर विरोध गर्छाैं । कोही व्यवसायीलाई अन्याय परेको खण्डमा मिलेर काम गर्छाै । यो क्षेत्रमा मेरो गुण र दोषको आधारमा सहयोग र समर्थन हुने गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु