skip this
  • फिचर

    भरतपुर देखि हेटौंडा सम्म मोटरसाइकल र्‍याली सम्पन्न

  • शुक्रराज आचार्य

    नेकपा (क्रान्तिकारी माओवादी ) निकट युवा संगठन क्रान्तिकारी युवा लिग चितवन्ले भरतपुर देखि हेटौंडा सम्म मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ । ३ न. प्रदेश समितिको आयोजनामा मुख्यमन्त्री डोरमणी पौडेललाई ” बेरोजगार युवाहरूलाई रोजगार दे, हैन भने बेरोजगार भत्ता दे” भन्ने मागसहित संकलन गरिएको हस्ताक्षर सहित ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रममा सहभागी हुन उक्त र्‍याली सम्पन्न गरेको हो। राता ज्याकेट र झण्डा सहित युवाहरूको र्‍याली भरतपुर स्थित सम्पर्क कार्यालय बाट शुरु भएको र्‍यालीको नेतृत्व क्रान्तिकारी युवा लिगका जिल्ला अध्यक्ष रामचन्द्र बिकले गर्नुभएको थियोे । र्‍यालीमा पार्टी जिल्ला सचीव अशोक शर्मा सहितको सहभागिता रहेको थियो। हेटौंडा बुद्ध चोक पुगेर प्रदेशको टोलिसंग सम्मीलित भए पछि शुरु भएको जूलूस नगर परिक्रमा गर्दै मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझएर आफ्ना मागहरू प्रस्तुत गरेको छ । युवा लिगका केन्द्रिय अध्यक्ष अ्इर महर्जनको नेतृत्वमा प्रदेशका जिल्ला संयोजक सहित पार्टी केन्द्रिय सदस्य हरु समेतको टोलीसित मुख्यमन्त्रीले आफू युवाहरूलाई स्वादेशमै रोजगार उपलब्ध गराउन प्रयत्नशील रहेको र यस्ता दवाबको कार्यक्रमले अझ सचेत बनाएको बताएका थिए। हेटौंडाको मानस्चोक मा कोणसभा गरि कार्यक्रम समापन गरिएको थियो ।कोणसभामा पार्टी केस वसन्त बोगटी , एच के गजुरेल र केन्द्रिय अध्यक्ष अमीर महर्जनले सम्बोधन गर्नु भएको कार्यक्रम ३न. प्रदेश संयोजक केशव ढल्कुटिले संचालन गर्नुभएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु