skip this
  • फिचर

    जनस्वास्थ्य को चुनाब जनस्वास्थ्य कर्मिहरु अन्योलमा

  • बासुदेब सापकोटा ,
    जनस्वास्थ्य संघ ( नेफा )को चुनाब पनि साढे को जुदाइ बाच्छा को मिचाही जस्तै भएको छ। पुर्ब निर्धारित समयमा जनस्वास्थ्य संघ नेफाको चुनाव हुने या नहुने भन्ने मा अन्योल उत्पन्न भयको छ। भोलि हुने भनियको चुनाब मा सहभागी हुन जाने कि नजने भन्नेमा जनस्वास्थ्य कर्मी हरुमा अन्योलता कायम रहेको छ। पुर्ब निर्धारित कार्यक्रम अन्तर्गत भोलि असोज 13 गते हुने बताइएको थियोे।
    हिजो जिल्ला प्रसासन कर्यालय ललितपुरले चुनाब नगराउन र पहिला लेखा परिक्षण गर्न र महाअधिबेशन गरेर प्रर्कृयामा जान भनेर निर्णय गरे सगै जनस्वास्थ्यकर्मिहरु पटकपटक हुने र कहिले नहुने भन्ने समाचार आय लगत्तै भोट हाल्न जाने या नजाने भन्नेमा दोधारमा छन। कता हात्ती आयो हात्ती आयो फुस्स हुने होकि भन्ने पनि पनि केही जनस्वास्थ्य कर्मिहरु बताउँछन्।
    निर्वाचन पूर्वनिर्धारित  समयमै गर्ने निर्णय कार्यसमितिले फेरि आजै बिहान निर्णय गरेको छ। हिजो ललितपुर जिल्ला प्रशासनमा  परेको उजुरीमाथि छलफल हुँदा स्थगित गर्ने सहमति एक पक्षले गरेको थियो । तर कार्य समितिका बहुमत सदस्यको बैठकले आज पूर्वनिर्धारित समयमै निर्वाचन गराउने निर्णय गरेता पनि सूचना प्रकासन को मिति उल्लेख गरियको छैन। निर्वाचन समितिले निकल्नु पर्ने बक्तब्य पुर्ब कमिटीले निकाल्दा आधिकारिक नहुने पनि केही जानकारहरु बताउछन्।
    तर चुनाब जुनसुकै हालतमा पनि हुने प्रगतिशील समुहको अध्यक्ष पद्का उमेदवार मोहन कृष्ण श्रेष्ठले बताएका छन।
    तथा सचिब पद्का उमेदवार दिपेन्द्र खड्काले बताएका छन।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु