skip this
  • नेपाल सेरोफेरो

    समाजबादको गोरेटो, श्रीकृष्ण जस्तै सारथी

  • नेपाली अर्थतन्त्रको आयको ठूलो हिस्सा नेता उच्चपदस्थ कर्मचारीमा केन्द्रित हुदै गयो।तिनिहरूका दरसन्तान नेपाली मुद्राले डलरमा बिदेशमा पढाउने पढिसकेर बिदेशमा उद्योग खोल्न नेपाली मुद्रा डलरमा बिदेश पठाउने खाद्य सामाग्री लत्ता कपडा पिउने पानी आॅची पुस्ने कागज कुत्ता(बुल डग) समेत बिदेशबाट ल्याउने पातलो दिसा लागेपनि बिदेशमा जचाउने बचत रकम सबै बिदेशी बैड़कमा जम्मा गर्ने भएपछि नेता बिशिष्ट कर्मचारीले अकूत रूपमा कमाएको सम्पति करको दायरा भित्रपनि परेन र आन्तरिक बजारमा प्रबेश नगरेको आम्दानी अर्थतन्त इन्जेक्सन नभै उल्टो लिकेज बन्न पुगि अर्थतन्त्रको सम्रग माँग घट्न गइ रोजगार लगानी बचत जस्ता सबै आर्थिक चरहरू उल्टो दिसामा प्रवाहित बन्न पुग्यो।पछिल्लो समय राजनिति सामाजिक कार्य भन्दा बहुआयमिक आयको स्रोत जुट्ने आर्थिक बिषयबस्तु सड़ग जोडियो।करोडौ खर्च गरेर चुनाब लड्ने र चुनाबपछि अरबौ असुल्ने ब्यापारिक खेलको रूपमा राजनिति परिभाषित हुदैछ।सबै पार्टीमा ईमान्दर कार्यकर्ता अपहेलित छन बिरोधमा उत्रिए नभएको राजनिति भविष्य सकिने डरमा प्रताड़ित छन।प्रत्येक निर्बाचन क्षेत्रमा सयौ सड़ख्यामा झोले कार्यकर्ता छन जो टोल सुधारको सफाई कार्यक्रममा ब्यानर सहित फोटो खिचाएका देखि एयरपोर्टमा नेताको सबारी बिदाईमा झुण्डलाग्ने मन्त्री प्रधानमन्त्री निबासका पि.एलाई मोबाईल थमाउदै प्रधानमन्त्री मन्त्री सड़ग फोटो खिचाएका भेटिन्छन।

    कर्मचारीको चुनाब देखि अटो ब्यबशायीको चुनाबसम्म उहि झोले कार्यकर्ता भेटिन्छन।प्रतिनिधि चयन वडा नगर भेला केन्द्रको अधिबेशनमा पैशाको राम्रै खोलो बगाइन्छ बिरोध झैझगडा सबै अधिबेशनमा हुन्छ घोक्रेठ्याक लगाएर ईमान्दार कार्यकर्तालाई सहिद बनाईन्छ।बिभिन्न क्षेत्रका बिज्ञहरू पाखा लगाईन्छ मोटो दाम बुझाएको आधारमा जिएम राजदूतको नियुक्ति गरिन्छ।दक्षता योग्यता नभएको ब्यक्ति तिन चार पटक पिएम र जिएम बन्छन एक पटक पिएम भएका बिगतमा गजरा चप्पल लगाउनेहरू बेत बसेकी श्रीमती बोकेर बर्षौभर हनिमून मनाउन बिदेशिन्छन अनि बेलाबखत आर्थिक पारदर्शिताका कुरा ओकल्छन।सिन्को पनि नभाच्ने अड़गणित बिजगणित कानून सम्बिधान कर्मचारी तन्त्र बिदेशि चलखेललाई दोस दिएर आफ्ना कमजोरी ढाकछोप गर्दै बिदेशिको हातमा चापी रहेछ बन्दै सत्ताबाट बाहिरिनेहरू पनि बिगतमा नभेटिएका होईनन।सर्बदलिय सम्यन्त्रको नाममा स्थानिय निकायमका नेता र कर्मचारीले राम्रै रकम कुम्लाए। ठेक्का पट्टा भागबण्डा नमिल्दा बजेटको सरदर चालिस प्रतिशत रकम फ्रिज हुनु र बजेटको अभाबले बिकासको गति सुस्त भएको महसुस गरिनु कस्तो बिडम्बना।समय बदलिएको छ।उत्कृष्ट भनिएको मूल कानून देशले पाएको छ।मूल कानूनलाई सहयोग गर्ने अन्य कानून सदनले पारित गरिसकेको छ।तीनै तहको निर्बाचन पछि जनप्रतिनिधिको रिक्ततता कहि कतै देखिदैन।बिदेशिको हस्तक्षेप घटेको छ बाणिज्य पारबाहानका नया आयाम खुलेका कुराहरू मिडियामा आएका छन्।गणितिय रूपमा सरकार इतिहास कै शक्तिशाली छ।बिदेशमा रहेका देशमा बिज्ञता हासिल गरेका बिदेशमा बिज्ञता हासिल गरि स्बदेश फर्केकाहरूका हातहरू सरकार सघाउन आतूर छन्।देशमा रोजगार सामाजिक सुरक्षाको अभाब बिगतका शासकका अदुरदृष्टीका कारण पचासौ लाख नेपाली श्रमिक सस्तो ज्यालामा बिदेशी श्रम बजारमा श्रम बेच्न बाध्य छन सरकार लाजै नमानि रेमिटेन्स अर्थतन्त्रको कुलग्राहस्थ्य उत्पादन(GDP)को 30% छ भन्छ गौरवका साथ र एन आर एनको लगानीको चर्चा गर्छ। निजि क्षेत्र पत्रकारिता सुचना प्रबिधि ससक्त बन्दै छ गाउमा बस्ने किसानले समेत हाईड्रोको शेयर किन्छ सामाजिक सञ्जालमा स्टाटस शेयर गरेर मन्त्रीको पद उच्च पदस्थ सुरक्षाकर्मीहरूको निन्द्रा चैट गरादिन्छन।लामो सक्रमणकालपछि मुलुकले स्थायित्ब र बिकासको पथ लिएको छ।हात्ति पार्टीका अध्यक्ष मध्येका एक बैदिककालमा चौध बर्षको बनबासको कठोर यात्रा पार गरेका राम र पञ्चपाण्डब जस्ता राजनैतिक ईतिहास बोकेका पात्र महाभारतको यूद्दको श्रीकृष्ण जस्तै सारथी(महारथी भन्दा माथि) बनेर सरकारको लगाम पक्डिरहेछन भने यूद्द कौशलता हासिल गरेका भगवान शड़करको समेत आशिर्बाद पाएका अर्जुन जस्ता पात्र महारथी बनेर सरकारलाई सघाईरहेछन।सरकार महाभारतको यूद्द अघिको अबस्थामा हुनुपर्ने हो र जनता अर्जुन जस्तै परिवर्तित मुद्रामा सरकारको गुणगान गाउनु पर्ने हो तर त्यो आभास हुन सकेको छैन।समाजबादको यात्रा तय गरेको भनिएको सरकार तुरून्त झोले कार्यकर्तालाई उत्पादनमुखी बनाई नेता तथा सरकारी ओहदा आसिनहरूको सम्पति बिबरण सार्बजनिक र अद्याबधी गर्दै जेलमा सरकारले छुट्याएको न्युन रकमले जीबन धानेका सारथी र दसबर्षे यूद्दमा चिउरा दालमोठमा जिएका भनिएका महारथीले आफ्नो र आफ्ना मन्त्री आसेपासेको आर्थिक पारदर्शितामा ध्यान दिए आर्थिक स्वेतपत्र जारी गरि सिहदरबारको समाजबादलाई स्थानिय तहसम्म झार्नसके महारतयूद्दमा पाण्डबले झै युद्ध जित्नेछन।अबस्था यहि रहेमा जनताको निरसा बढ्दै गएमा समाबेशिता धर्मनिरपेक्षता समानुपातिक निर्बाचन प्रणाली सड़घियता र सम्बिधानमा समेत प्रश्न चिन्ह लाग्नेछ र मसान घाट पुर्याई सकेका भूत प्रेत पिचास समेत सल्बलाउने छन्।

    Narayan Regmi 

    लेखक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका उप-प्राध्यापक हुनुहुन्छ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु