skip this
  • चितवन विशेष

    नयाँ शक्ति विद्यार्थी युनियन वैकल्पिक विद्यार्थी संगठन:प्रदेश सचिव जोशी

  • असोज १५:भरतपुर,

    जायश्वर आचार्य,

    भरतपुर को बालकुमारी क्याम्पस स्थित नयाँ शक्ति विद्यार्थी युनियन मूल इकाई ले विद्यार्थी लाई प्रशिक्षण,शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश ३ सचिव अनुज जोशीले जानकारी दिनुभयो।

    नजिकिदै गरेको वडा दसैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रमको अध्यक्ष को रूपमा मूल इकाई का उपाध्यक्ष/कार्यवाहक अध्यक्ष तथा कार्यक्रम संयोजक जीवन घिमिरे ले गर्नु भएको थियो।त्यस्तै प्रमुख अतिथिको रूपमा नयाँ शक्ति विद्यार्थी युनियन का ३ नं प्रदेश सह ईन्चार्ज विनोद पौडेल रहनुभएको थियो।उक्त कार्यक्रम को विशिष्ठ अतिथि र अतिथि को रूपमा क्रमश बालकुमारी क्यम्पस प्रमुख शिव प्रसाद पौडेल र नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश ३ का सचिव अनुज जोशी रहनु भएको थियो।
    कार्यक्रम का प्रमुख अतिथि विनोद पौडेल ले नयाँ शक्ति विद्यार्थी युनियन अरु संगठन भन्दा फरक भएको भनाई राख्नु भएको थियो। भने अतिथि तथा नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश ३ सचिव अनुुज जोशी ले नयाँ शक्ति विद्यार्थी वैकल्पिक ढंगले अगाडि बढ्न खोजेको, वैकल्पिक ढंगले रणनिती निर्माण गरेको संगठन भएको भनाई राख्नु भएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु