skip this
  • चितवन विशेष

    कृषि विश्वविद्यालयमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी विषयमा पढाइ हुने

  • १६, असोज, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको अध्यापन सुरु गर्ने भएको छ ।

    विश्वविद्यालयको मंगलवार बसेको आठौं प्राज्ञिक परिषद्को बैंठकले यसै बर्षबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पाठ्यक्रम पास गरेको छ ।

    स्नातक तहको एग्री इन्जिनियरिङको ४ बर्षे कार्यक्रममा १५ जना विद्यार्थी र डेरी साइन्स एण्ड टेक्नोलोजीको २ बर्षे कार्यक्रममा २ देखि ५ जनासम्म विद्यार्थीहरु भर्ना गरिने विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

    विश्वविद्यालयले दुई बर्षअघि देखि नै यि दुई विषयमा कार्यक्रम सञ्चालन गर्ने भन्दैं पाठ्यक्रम तयारी थालेको थियो । नेपाललाई कृषिमा आधुनिकिकरण र यान्त्रिकीकरण गर्न देशभित्र नै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्धेश्य एग्री इन्जिनियरिङको रहेकेा उपकुलपति प्रा.डा.ढकालले जानकारी दिए ।

    पछिल्लो समयमा युवाहरु व्यवसायिक दुग्ध उत्पादनमा लागेकोले डेरी उद्योगलाई प्रविधिमार्फत जोड्न डेरी साइन्स एण्ड टेक्नोलोजी विषयले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा विश्वविद्यालयले लिएको उपकुलपति ढकालले बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु