skip this
  • चितवन विशेष

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भरतपुर ११ द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • असोज: २८, भरतपुर,चितवन-

    जायश्वर आचार्य,

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका वडा नं ११ ले भव्य रूपमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

    नजिकिदै गरेको बडादशैं, शुभदिपावली,छठ र नेपाल संवत् जस्ता चाडपर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्ष को रूपमा नेकपा(नेकपा) का नेता युवराज पौडेल रहनुभएको थियो। प्रमुख अतिथिको रूपमा नेकपा(नेकपा) का केन्द्रीय सदस्य देवी ज्ञवाली रहनुभएको थियो।त्यस्तै विशिष्ठ अतिथि को रूपमा क्रमश प्रदेश ३ का सांसद विजय सुवेदी,पार्वती सिलवाल, नेकपा(नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्का र वडा नं ११ का अध्यक्ष बाबुराम अधिकारी रहनुभएको थियो। र अतिथि हरुमा पार्टीका नेता ईश्वर सापकोटा”सुमन”, कासिम मियाँ,धनन्जय ढकाल,पुस्तक गौतम,इन्द्र रेग्मी,अजय कुमार तामाङ्ग रहनुभएको थियो।

    करिब आठ सय (८००) कार्यकर्ता हरुको उपस्थिति रहेको कार्यक्रम मा स्वागत मन्तव्य पार्टीका नेता शारदा पौडेल ले राख्नुभएको थियो।यस कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै वडा अध्यक्ष अधिकारी ले आफ्नो वडालाई नमुना वडाको रूपमा विकास गरिने भनाई राख्नु भएको थियो। मन्तव्यका क्रममा विशिष्ठ अतिथि माननीय सभासदहरु ले आफ्नो कार्यकाल मा वडाको विकास मा विशेष सहयोग गर्ने भनाई राख्नु भएको त्यस्तै विशिष्ठ अतिथि पार्टीका नेता तेजेन्द्र खड्का ले वडा भित्र भएगरेका विकास निर्माणका कार्यहरूमा साथ दिन सबै पार्टी कार्यकर्ता हरुलाई निर्देशन दिनुभयो। 

    कार्यक्रम का प्रमुख अतिथी पार्टीका केन्द्रीय नेता देवी ज्ञवाली ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले जनताको पक्षमा थुप्रै सकारात्मक कार्यहरू लाई शुभारंभ गरेको र अब नेकपा(नेकपा) को नेतृत्व मा नेपाल समाजवाद को बाटोमा अगाडि बढ्ने बताउनु भयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु