skip this
  • फिचर

    यदि म स्वास्थ्य क्षेत्रमा मन्त्री एबम उपल्लो बर्गको कर्मचारी भएको भए ?

  • बासुदेब सापकोटा,
    स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध नेपालको परिकल्पना असम्भव छ । अहिले पनि विकास हुन नसकेको वा सबै जनताको सहज पहुँचमा पुर्याउन नसकिएको स्वास्थ्य नै हो । जनताको सहज पहुँचमा पुर्याउन नसकेको भएता पनि हाल सम्म राज्यपक्ष भने निरीह बन्दै आएको छ। त्यसैले अब अरुभन्दा बढी महत्त्व दिनुपर्ने र संवेदनशील ढंगले यो क्षेत्रलाइ लिनुपर्ने हुन्छ । मेरो बुद्धि ,विवेक, अनुभव ले भ्याए सम्म मैले देखेको स्वस्थ्य क्षेत्रमा निम्नलिखित कुराहरुको सुधारहरु मा ध्यान दिन आवस्यक देखिन्छ र म यदी स्वास्थ्य क्षेत्रमा माथिल्लो निकाय एबम मन्त्री सम्म हुने मौका पाएका खण्डमा तल उल्लेखित बुदाहरुमा ध्यान दिई समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउने थिए ।
    1) हरेक पार्टीहरुले स्वास्थ्य मन्त्री एबम राज्य मन्त्री छान्दा स्वास्थ्य बिषय संग सम्बन्धित बिषय बिज्ञ वा स्वास्थ्य बिषयमा दक्खल ब्यक्ति चयन गर्ने निति, नियाम र परिपाटी बनाउनमा पहल कदमी चाल्ने थिए ।
    2) जनस्वास्थ्य शिक्षा तथा व्यवसायीहरुको पेशालाई थप राम्रो, प्रभावकारी वनाउन काम गर्ने सरकारी निकाय; जनस्वास्थ्य परिषद स्थापना गर्ने थिए ।
    3) रोग लागेपछी उपचार गर्न भन्दा रोग लाग्न नै नदिनु उत्तम हुनेछ त्यसैले बढी भन्दा बढी जनस्वास्थ्य कर्मीहरु परिचालन गरी चेतना अभिबृदि गर्ने थिए ।
    4) स्वास्थ्य क्षत्रको कुनै पनि निकायका गलत काम, घुसखाेरी र ढिलासुस्तीका विषयमा जन गुनासाे सुन्ने र सच्चाइका अाधारमा पन्ध्र दिनभित्रमा कार्वाही गर्ने शक्तिशाली निकायकाे स्थापना गर्ने थिएँ ।
    5) हरेक Private Medical College एबम हस्पिटल हरुलाई राष्ट्रियकरण गर्ने थिए ।
    6) स्वास्थ्य सम्बन्धि हरेक बिषय अध्यनको लागि निशुल्क अध्यन को ब्यवस्था गर्ने थिए ।
    7) हरेक स्वास्थ्यसस्थाहरुमा ईन्टरनेट को ब्यवस्था गरि electronic HMIS रिपोटिंग हरेक महिनामा गर्ने ब्यवस्था गर्ने थिए ।
    8) पहाडी तथा हिमाली जिल्लाहरुमा भौगोलिक बिकट्ता लाई ध्यान दिइ पर्याप्त मात्रामा गुणस्तरीय stretcher को ब्यवस्था गर्नको लागी तुरुन्तै निर्देशन दिने थिए ।
    9) नेपालको दुर्गम तथा पहाडी जिल्लाहरुमा भौगोलिक बिकट्ता लाई ध्यान दिइ Blood Sample Collection/ emergency medicine supply को लागि कम्तिमा ३ ओटा मेडिकल ड्रोनको ब्यवस्था गर्ने थिए ।
    10) Doctor वा अरु स्वास्थ्यकर्मीहरुलाई दैनिकी चलाउन पुग्ने पर्याप्त तलब भत्ताको ब्यवस्थाको निम्ति पहल गर्ने र दिने र निजि मेडिकल Collegeहरुमा काम गरेको थाहा पाहिएमा हदै सम्मको कार्बाहि गर्ने थिए ।
    11) हरेक स्वास्थ्य कर्मीहरुलाई Standard Operating Procedure को किताब दिने र उपचार त्यो पद्दति अनुसार नभएको पाहिएमा कार्बाहि गर्नेपरिपाटीको सुरुवात गर्ने थिए ।
    12) स्वास्थ्य बिमा हरेक नागरिक को लागि अनिबार्य गर्ने सम्पुर्ण रोगहरुको ५ लाख सम्मको उपचार खर्च बिमाले बेहोर्ने र अर्बुध (Cancer) मिर्गौला जस्ता ठुला रोगहरुको उपचार खर्च सरकारले निशुल्क गर्ने ब्यवस्था गर्ने परिपाटीको सुरुवात गर्ने थिए ।
    13) कर्मचारी स्वास्थ्य सस्थामा लामो समय बिना सूचना अनुपस्थिति भए छड्के चेक गर्ने गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने अनुपस्थित कर्मचारीलाई आवश्यकता अनुसार कार्बाही गर्ने ब्यवस्था गर्ने थिए ।

    14) स्वास्थ्य सस्था एबम स्वास्थ्य मा रहेको भ्रस्टचारी नियन्त्रण को लागि Social Audit नियमित संचालन गर्ने, बिलहरु Verify छड्के रुपमा गर्ने र यदि भ्रस्टचारी गरेको ठहरिमा हदै सम्मको कार्बाहि गर्ने ब्यवस्था गर्ने थिए ।

    15) हरेक अस्पतालमा हरेक सेवा सुबिधाको न्यूनतम मापदण्ड तोक्न लगाउने र मापदण्डअनुसार काम नभएको पाहिएमा कार्बाहि गर्ने थिए ।
    16) दुर्गममा Telemedicine / e medicine लाई नाम मात्र नभै प्रभावकारी बनाउन हदैसम्म प्रयत्न गर्ने थिए ।
    17) जनस्वास्थ्य अधिकृत 2 जन महा/उप पालिक र 1 जना नगर र गाउँ पालिका मा ब्यवस्था गर्नको निम्ति हदैसम्मको पहल कदमी चाल्ने थिए ।
    18) कलकारखाना एबम उद्योगहरु गाउँ र सहर को मानव बस्ती भन्दा अलि टाढा खोल्न लगाउने र खुलियका उधोगहरुलाइ स्थानान्तरण गर्न लगाउने नियम कडाइको साथ लागु गराउने थिए ।
    19) स्वास्थ्य सस्था को नियमित Supervision, मोनीटोरिंग, र Evaluation गरिरहने आफू छड्के रूपमा विभिन्न स्वास्थय सस्थामा अनुगमन गर्ने जनसमक्ष गइ समस्याहरु बुझि समाधान को निम्ति तुरुन्त आवश्यक Action लिने थिए ।
    20) हरेक पालिका मा HMIS को लागि Statistical Assistant को ब्यवस्था गर्ने थिए ।
    21) स्वास्थ्य को पिल्लर भनेर चिनिने महिला स्वास्थ्य स्वयमसेविका हरुको निम्ति पर्याप्त ब्यवस्थापन् भत्ता बढाउने र जीवन यापनको निम्ति सहज बनाउन पहल कदमी चाल्ने थिए ।
    22) तराईको लामखुट्टे ब्यवस्थापन् को लागि पानीको खाल्डोहरु पुर्न लगाउने, नियमित औषधीहरु छर्ने, झुलहरु को नियमित बितरण गर्न लगाउने थिए ।
    23) Newly Emerging स्वास्थ्य समस्या नियन्त्रण र खानपान नियन्त्रण , नियमित शारीरिक ब्यायाम को लागि जनचेतना स्कुल देखि गाऊ वडा सम्म पुर्याउन लगाउने थिए ।
    24) हरेक पालिका मा X-ray र Ultrasound को ब्यवस्था सगै अरु ब्यवस्थापन् गरि Doctor हरु हरेक पालिका मा जाने वातावरण निर्माण गर्ने थिए ।
    25) हरेक पालिकाहरुमा १ वटा Physiotherapy सेन्टर को ब्यवस्था गर्ने थिए ।
    26) हरेक जिल्लाहरुमा १ वटा Research Unit/ सेन्टर को ब्यवस्था गर्ने थिए ।
    27) हरेक जिल्ला अस्पतालमा Culture को ब्यवस्था सहितको Lab को ब्यवस्था गर्ने थिए ।
    28) हरेक पालिकाहरुमा नया बढ्दै गयका Newly Emerging समस्या, निको नभएका रोगहरु लाई ध्यानमा राख्दै १ वटा योगा सेन्टर को ब्यवस्था गर्न लगाउने थिए ।
    29) स्थानीय स्वास्थ्य संस्थाको गुणस्तर सुधारको लागि स्थानीय जनसमुदायको सहभागितामा राम्रो अनुगमन समिति र कार्यसमिति बनाउन लगाउने थिए ।
    30) फोहोर ब्यवस्थापन dumping को लागि छुट्टयाएको ठाउँ भन्दा अन्य ठाउमा गरेको पाईएमा कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने ब्यवस्था गर्ने थिए ।
    31) Doctor एबम् स्वास्थ्य् कर्मचारि बाट् उपचार मा लापर्बाहि भयको पाहिएमा लापर्बाहिको प्रकृति हेरि कारबाही गर्ने ब्यवस्था गर्ने थिए ।
    32) हरेक NGO/INGO को नियमित काम को अनुगमन र सरकारी तबर बाट नियमित तरिकाले । auditing को ब्यवस्था गर्ने र पारदर्शी काम नभयको पाहिएमा देशबाट निस्कासन गर्ने सम्मको कारबाहीको ब्यवस्था गर्ने थिए ।
    33) हरेक स्वास्थ्य कर्मचारी लाई आफ्नो नजिकको भन्दा पनि आवश्यकता को आधारमा नियमित तालिम को ब्यवस्था गर्ने थिए ।
    34) हरेक पालिकामा बृदाहरु लाई ध्यान मा राखी geriatric सेन्टर को ब्यवस्था गर्न लगाउने थिए ।
    35) हरेक नागरिक को स्वास्थ्य रहन पाउने अधिकार सुनिस्चित गर्नको लागि नियमित बजार अनुगमन गर्ने खाध मिसावट गर्ने लाई कडा भन्दा कडा कारबाही गरि कानुनको दायरामा ल्याउने थिए ।
    36) नियमित औषधि ४ महिनाको stock कम्तिमा पनि स्वास्थ्य सस्थामा रहने गरि Demand/ supply chain maintain गर्न लगाउने थिए ।
    37) जाड, रक्सि, चुरोट तथा सुर्ती नियन्त्रण को लागि छुटै समिति गठन गर्ने बिदेशी रक्सिहरु चुरोट तथा सुर्ती मा रोक लगाउने, एउटा गाउपालिका या नगरपालिका या उप/ मह. नगरपालिकामा १ ठाउ बाट मात्र बेच्न पाउने बेवस्था गर्ने । होटेल हरुमा पूर्ण रुपमा बन्द गर्ने र धुम्रपान गर्न सार्बजनिक ठाउमा रोक लगाउने थिए ।
    38) पहाडी भू.भाग एबम दुर्गम भू.भाग लाई मध्यनजर गर्दै सुत्केरी अबस्थाको जटिलता, सिकिस्त बिरामी एबम Accident case हरुलाई हेलिकोप्टर को सहायताले सुगम एबम सुबिधा सम्पन्न अस्पतालमा निशुल्क पुर्याउन को लागि सहयोग गर्न लगाउने थिए ।
    39) आफ्नो छुट्टै मोबाइल एप्लिकेसन बनाई स्वास्थ्य सम्बन्धि जानकारी, ANC, PNC मौसमि परिवर्तन सम्बन्धि रोगहरु , महामारि एबम खोप सम्बंधी जानकारी मोबाइल Application बाट नियमित जनता समक्ष पुर्याउन लगाउने थिए ।
    40) स्वास्थ्यमा भैरहेको ब्यापारीकरण र College अनुसारको शुल्क को अनियमितता र रोजगारि सृजना बिषय लाई मध्यनजर गर्दै सरल र सहज वातावरण बनाउने र ब्यापारीकरण र शुल्क को अनियमितता गर्नेलाई हदै सम्मको कारबाही गर्ने थिए ।
    41) स्वास्थ्य सम्बन्धि पढाई हुने क्याम्पसहरु /University मा भौतिक पुर्बाधार को कमि पर्याप्त lab को ब्यवस्था नहुनु, O.J.T/Internship पर्याप्त नहुने क्याम्पसहरु /University हरुलाई कारबाहीको दायरामा ल्याई हदै सम्मको कार्बाहि गर्ने र सम्पुर्ण क्याम्पसहरु / University लाइ एकरुपता कायम गर्न लगाउने थिए ।
    42) दुर्गममा केहि समय काम गरेका हरेक स्वास्थ्यकर्मी हरुलाई छात्रवृति मा अध्यन को ब्यवस्था गर्न लगाउने थिए ।
    43) जनस्वास्थ्य/ स्वास्थ्य बिज्ञ परिचालन गरि विभिन्न स्वास्थ्य सम्बन्धि अनुसन्धान गरि नया औषधी पत्तालगाउने महामारी हुन नदिने यदि भैहाले महमारी नियन्त्रण गर्न लगाउने थिए ।
    44) Nursing/MS/MD /BPH/MPH/ lab/Radiography/ Pharmacy/Dental/ हरुको पढाई नेपालमै सर्बसुलभ र सहज तरिकाले गर्ने वातावरण सृजनाको लागि सहयोग गर्ने थिए ।
    45) आफ्नो छुट्टै ब्लग वा वेबसाईट बनाई स्वास्थ्य सम्बन्धि लेखहरु, स्वास्थ्य सरोकारका बिषय, रिक्त दरबन्दी लगायत सम्पुर्ण जानकारी राख्ने ब्यवस्था गर्ने थिए ।
    46) हरेक जिल्ला मा बिज्ञ गठन र परिचालन गरि विपद पूर्व तयारी, Health awareness, बिपद ब्यवस्थापन, महमारि पूर्व तयारी र महमारि नियन्त्रण गर्ने थिए ।
    47) अरु बिकसित देश सँग सहकार्य गरी Professional Exchange Program, Fellowship, Studentship,छात्रवृत्ति हरु ल्याउने धेरै भन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्नको निम्ति हदैसम्मको पहल कदमी चाल्ने थिए ।
    48) पेशामा नवप्रवेशी स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गर्न विभिन्न क्षमता बिकास हुने कार्यक्रमहरु नियमित आयोजना गर्ने थिए ।
    49) बिदेशि औषधि बन्द् गरि नेपाल आफै औषधिमा अत्मनिर्भर् बनाउनमा बिज्ञ सग छलफल गरि सरकारि औषधि कम्पनी खोल्न पहलकदमी चाल्ने थिए ।
    50) जन प्रतिनिधिबाट् स्वास्थ्यकर्मी माथि हुने गरेको हस्तक्षप् एबम् शोषण बन्द गर्न लगाउने र गरेको पाहिएमा कानुन बमोजिम कर्बाहिको ब्यवस्था गर्ने थिए ।
    51) हरेक जिल्लाहरुमा खाधान्न तथा बजार अनुगमन एबम राजमार्गको अनुगमन को लागि टोलिहरु खटाउने र राजमार्ग एबम होटेलहरुमा खुलाउने खाना चेक जांच गर्नको निम्ति Lab को ब्यवस्था गर्ने राम्रो एबम गुणस्तरिय नभएमा कडा कारबाहीको ब्यवस्था गर्ने थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु