skip this
  • नेपाल सेरोफेरो

    भारत जिन्दाबाद नाराका साथ कपिलवस्तु स्थित मस्जिद तोड़फोड़ गर्ने प्रयास 

  • शुक्रवार राति दुइ समूह बीच लफड़ा भएको थियो । लफड़ाको पछाडि भारतको हिन्दू युवा वाहिनीका कार्यकर्ताहरु सक्रिय रहेको स्थानीय मुस्लिमहरुको भनाइ छ । सदियों देखी भाईचारा कायम रहेको र एकाक्सी भारतिय उग्रवादीहरु नेपाल आएर सामाजिक सद्भाव तोड्ने प्रयास गरेको हुनाले स्थानीय मुस्लिम समुदायका लागि चिन्ताको बिषय बनेको छ ।

    मस्जिदको सीसीटीबी फूटेजमा कैद गरिएको केहि फुटेजहरु प्रमाणित गर्छ की दंगा गराउनका लागि भारत बाट उग्रवादिहरु आएको छ । नेपाल प्रहरी घट्ना स्थललाई आफ्नो कंट्रोलमा राखेको छ तर उग्रवादिहरुको संख्या बढ़ी भएको हुनाले आज पनि तोड़फोड़ भएको छ । स्थानीय मुस्लिमहरूको भनाइ छ की लोकल (बिशेष धर्म) साथीहरु गंतीमा छन भने बढ़ी को संख्यामा भारतीय रहेको छ ।

    हेर्नुहोस तस्वीरमा यही मस्जिद माथि ढुङ्गा हानेको थियो ।

     

    यसै बिच कृष्णनगर बजार क्षेत्रमा वडा दशैंको दुर्गा पुजा मूर्ति विसर्जन गर्ने बेलामा स्थानीय समुदायबीच भएको विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा कर्फ्यु लगाउनु परेको उनको भनाइ छ ।

    आइतबार साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फुयु लगाउने निर्णय गरेकेा हो ।

    कर्फुको समयमा कसैलाई पनि घर बाहिर ननिस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु