skip this
  • फिचर

    शब्द चिन्तन संघ केन्द्रीय समिति द्वारा स्टेशनरी वितरण

  • कार्तिक – १५,भरतपुर,चितवन –

    शब्द चिन्तन संघ केन्द्रीय समिति ले नवलपुर को एक सामुदायिक विद्यालय मा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    बिहीबार श्री लक्ष्मी निम्न माध्यमिक विद्यालय नरम – ७ लाहपे, नवलपुर मा भएको स्टेशनरी वितरण कार्यक्रम को अध्यक्ष को रूपमा त्यसै विद्यालयका प्रधानाध्यापक सुरज गुरुङ रहनुभएको थियो। त्यस्तै प्रमुख अतिथि को रूपमा शब्द चिन्तन संघ का केन्द्रीय कार्यसमिति सदस्य सतीश राज न्यौपाने रहनुभएको थियो।र अतिथि हरुमा विशाल वाग्ले र संदेश विक्रम आचार्य रहनुभएको थियो। उक्त कार्यक्रम को सञ्चालन शब्द चिन्तन संघ का केन्द्रीय सचिव तथा युवा समाजसेवी ध्रुव बर्तौला ले गर्नुभएको थियो।

    करिब ६० जना विद्यार्थी हरुलाई स्टेशनरी वितरण गर्दै प्रमुख अतिथि न्यौपानेले अहिले ग्रामीण क्षेत्रमा पाठ्यपुस्तक अभाव रहेको र यो अभाव एउटा अभाव मात्र नभएर राज्यलाई चुनौती रहेको भनाइ राख्नुभएको थियो।उहाँले भन्नुभयो हामीले यही कारणले गर्दा स्टेशनरी वितरण कार्यक्रम गरेका हौ।र हामीले राज्यलाई बाध्य बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उक्त विद्यालयमा कम्प्युटर विषय त पढाइ हुने तर कम्प्युटर को अभाव भएकाले प्रमुख अतिथि न्यौपानेले अब चाडैनै एक थान कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु