skip this
  • नेपाल सेरोफेरो

    अालेख : दोबाटोको पाईला

    • नारायण रेग्मि

    नेपालको जनसड़ख्याको ठूलो हिस्सा ग्रामिण क्षेत्रमा बसोबास गर्छन्।ग्रामिण जनजीबनको आफ्नै बिशेषता जटिलता र पहिचान रहेको छ।ग्रामिण जीबनले मानिसलाई स्बालम्बि आत्मनिर्भर बन्दै परिश्रमी नैतिकबान जीबन ब्यतित गर्न सिकाउॅछ।कमजोर सामाजिक तथा बिकासका पूर्बग्राधार अबसरहरूको सिमितताका कारण ग्रामिण भेगमा मानिसहरु पूर्णरुपमा रम्न भने सक्तैनन्।काम अबसर सेबा सुबिधा उच्च जीबन जिउने प्रत्यासाका कारण ग्रामिण भेगमा मानिस शहर वा बैदेशिक रोजगारमा आकर्षित हुन्छन्।बिशेष गरि नयाॅ यूबा पुस्ता सूचना प्रबिधि सड़ग अभ्यस्त हुने हुॅदा बिकल्पको खोजिमा साहस लिएर गाउ छाड्न तैयार हुन्छन।सहनशिलता परिश्रमी धैर्यता ईमान्दारिता राम्रो र स्वस्थ शारिरिक सुगठन नै ग्रामिण युबाको बलियो हतियार र सम्पति बन्न पुग्छ।यिनै गुणहरूलाई कदर गरेर होला सायद बिगत देखि मलाय र भारतमा बहादुरको संज्ञा दिदै नेपाली यूबाहरूको माँग गरिएको।बढ्दो भुमण्डलीकरण र पूजिबादको बिकास सड़गै मानबसन्साधन र पूजिको प्रबाह बढि ज्याला र प्रतिफल भएका क्षेत्रहरूमा हुन थाल्यो।यो प्रभाबबाट नेपाल पनि अछूतो हुने कुरै भएन।शरिर अस्वस्थ भएको अबस्थामा शरिरका कमजोर अड़गमा असर बढि परे जस्तै दुरदराजका अशिक्षा बेरोजगारी गरिबी भोकमरी पछौटेपन ब्याप्त ग्रामिण क्षेत्रमा भूमण्डलिकरण र बिश्बब्यापिकरणको प्रभाब पर्नु अबसरको खोजिका लागि स्वभाबिकै हो।

    उमेर सहास दृढ़ता प्रतिबद्दता भित्र स्वर्णिम सपना बोकेर ग्रामिण क्षेत्रबाट शहर/बिदेश पसेका अधिकाम्स युबाहरु सुरूका समय भाषा रहनसहनका कारण बिचलित भएपनि बिस्तारै शहरि जीबनशैलीसड़ग घुलमिल हुदै जान्छन।परिश्रम इमान्दारिताका कारण ब्यबशाय रोजगारबाट राम्रो आय आर्जन गर्न सफल हुन्छन।लामो समय शहरि जीबन ब्यतित गरिसकेपछि ग्रामिण जीबनका स्मरणहरु मात्र बाकी रहने हुदा बाकी जीबन शहरमा बिताउन तैयार हुदै जान्छन।देशकै शहरी क्षेत्र वा बिदेशमा उनिहरुले कमाएको रकम लगानी गर्छन।घडेरी घर गाड़ी बैड़क ब्यालेन्स खानपिन जीबनशैलीमा आएको ब्यापक परिबर्तनमा ग्रामिण भेगका मानिसहरु सुरुमा बेस्सरी रम्छन।पुजिबादी समाजमा धन तडक भड़क जीबनशैली चर्चा हुने हुदा शहरमा स्थापित भएका ग्रामिण क्षेत्रका ब्यक्तिहरुको गाउमा कदर हुनु स्वाभाबिकै हो।अब्राहम मास्लोको सिद्दान्तले ब्याख्या गरे झै र अर्थशास्त्रको सामान्य सिद्दान्तले अर्थाए झै मानिसका आबश्यकताको श्रेणी परिबर्तन हुनु र मानिसका असिमित आवश्यकता हुनु स्वाभाबिकै हो।ग्रामिण र शहरि जीवनशैली बिचको खाडलले कतिपय अबस्थामा एउटै परिबारका सदस्य बिच बेमेल पैदा हुन्छ किनकी पुरानो पुस्ताको रोजाई गाउनै हुन्छ।आर्थिक रुपले सवल भएपनि ग्रामिण परिबेशबाट शहर पसेकाहरुको चेतनाको स्तर कमै हुन्छ किनकी बिगतमा आयआर्जनमा ठूलो समय बितेको हुन्छ।

    भड्किलो जीबन शैली प्रति ग्रामिण क्षेत्रबाट बसाई सरेका शहरिया बढि आकर्षित हुनपुग्छन।आफुले बिगतमा मनखोलेर खर्च गर्न नपाएकोमा बच्चाहरुलाई बढि पैसादिदै खुशी हुने मादक प्रदार्थ जुबा तास जमघटमा बढि समाबेश हुने कतिपय अबस्था बिगतमा पुरा नगरेको इच्छा भन्दै पर स्त्री पर पुरुषसड़ग बसउठ बढाउने गर्दा बिस्तारै पारिबारिक डुड़गा कोल्टिन थाल्छ।बढ्दो सम्पतिको रबाफ बदलिदो जिबनशैलीको कारण आफन्तहरू टाढिन थाल्छन आफ्नै बाबुआमा समेत कम सुरक्षित भएको महसुस गर्छन।बदलिदो शौखिन जीबनशैलि बढ्दो उमेर खानपिनले स्बास्थ्यमा प्रतिकूल असर पर्न थाल्छ बिस्तारै दम उच्च रक्तचाप मधुमेह कोरेस्टोल जस्ता समस्या देखा पर्न थाल्छ।

    छोराछोरीको उचित रेखदेखको अभाबमा कुलतमा फस्ने सम्भाबना बढेर जान्छ।श्रीमान श्रीमती बिच अबिस्बास बढ्न थाल्छ घर धनले सुखी भएपनि खुशी परिबारबाट टाढिदै जान्छ।पारिबारिक डुड़गा सन्तुलनमा कसैको ध्यानै जादैन किनकी बिगतमा सक्षम माझीको अभ्यासै हुनसकेन।जुबा खेल्नेहरूले अथाह पैसा मार्न पनि सक्छन कतिपय अबस्थामा खेल नखेली बाजीमारेर पैसा पोको पारेर घर जाने बुद्धि भने कहिल्यै आउदैन।बदलिदो जीबन शैलीलाई अभ्यस्त गर्दै सन्तुलित जीबन शैली यापन गर्न छोडेर भड्किलो उत्ताउलो जीबनशैली प्रति आकर्षित हुदा जीबनमा हात लागिसकेको खुशी जीबनको दोबाटोमा अल्मलिएर सदाका लागि बिदा पनि हूनसक्छ।#जीबनदर्शन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु