skip this
  • चितवन विशेष

    CMC चितवनको दादागिरी, विधार्थी लाई धम्काएर बढी पैसा असुल्दै

  • चितवन, १ मंसिर । अहिले चितवन मेडिकल कलेजमा विएसी नर्सिङ गरिरहेका विद्यार्थीसँग चितवन मेडिकल कलेजले प्रति विद्यार्थी ४ लाख बढी शूल्क मागिरहेको छ । आइओएमले विएसी नर्सिङका लागि ७ लाख ४८ हजार कुल शुल्क तोकेको थियो । तर अहिले चितवन मेडिकल कलेजले प्रति वर्षको १ लाखका दरले ४ लाख रुपैयाँ नदिए फर्म भर्न नदिने भन्दै फर्म रोकेको छ ।

    अहिले कलेजले विद्यार्थीको घरघरमा फोन गरेर बिद्यार्थी निकालिदिने धम्की दिइरहेको छ । उनिहरुले कलेजले बढी शूल्क लिएको भन्दै डिनको कार्यालयमा जानकारी गराएपनि डिनको कार्यालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका बिद्यार्थीले अहिलेसम्म न्याय पाएका छैनन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने चितवन मेडिकल कलेजका पदाधिकारीलाई प्रशासनमा उपस्थित हुन पत्र काटिए पनि आधिकारिक व्यक्ति उपस्थित नभएको बताएका छन् ।

    सरकारले तोकेको शुल्कैमा फर्म भर्न पाउनु पर्ने विद्यार्थीको माग छ । यो विषयमा चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

    स्रोतका अनुसार चितवन मेडिकल कलेजमा विदेशी लगानी समेत रहेको छ । भारतीय नागरिक निलेश कुमार, दिलखुश भाई अग्रवाललाई शेयर बेचिएको छ ।

    मार्च १८, २०१३ मा उनिहरुले ५ करोड ६९ लाख बराबरको शेयर लगानी गरेका थिए । तत्कालीन शिक्षा मन्त्रीलाई यसको जानकारी गराइएको छ ।
    विदेशी लगानी रहेको कलेजले २० प्रतिशत छात्रवृती दिनु पर्ने नियम भएपनि अहिलेसम्म चितवन मेडिकल कलेजले निशुल्क छात्रवृती त परको कुरा शुल्क समेत बढी असुलिरहेको छ ।

    news source www.news24nepal.com

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु