skip this
  • चितवन विशेष

    सप्तगण्डकी क्याम्पसको नयाँ सहायक क्याम्पस प्रमुखहरुबाट पदभार ग्रहण

  • चितवन, मंसिर ४ –

    सप्तगण्डकी बहुमुखी क्याम्पसका नवनियुक्त सहायक क्याम्पस प्रमुखहरुले आज पदभार ग्रहण गरेका छन् ।

    क्याम्पसमा नयाँ कार्यकालका लागि सहायक क्याम्पस प्रमुखमा विभिन्न संकायका तीन उपप्राध्यापकहरु नियुक्त भएका थिए । नियुक्त सहायक क्याम्पस प्रमुखहरुमा विष्णु ज्ञवाली, कृष्णप्रसाद घिमिरे र नारायण रेग्मी रहेका छन् । उनीहरुलाई क्याम्पस प्रमुख खेमनारायण सापकोटा र क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले आज पदभार ग्रहण गराएका थिए । सहायक क्याम्पस प्रमुख ज्ञवाली व्यवस्थापन विषय, कृष्णप्रसाद घिमिरे स्वास्थ्य विषय र नारायण रेग्मीले अर्थशास्त्र विषयको प्राध्यापन गर्दथे । सहायक क्याम्पस प्रमुख घिमिरे दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् ।

    त्यसैगरी सोही अवसरमा क्याम्पसमा पुन नयाँ कार्यकालका लागि सञ्चालक समितिको निर्णयबाट क्याम्पस प्रमुखमा नियुक्त भएका खेमनारायण सापकोटालाई पनि सबैले बधाइ तथा शुभकामना दिएका थिए । क्याम्पस प्रमुख सापकोटाले क्याम्पसलाई नेपालकै एउटा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित गर्नको लागि सबैको सहयोग र सद्भावको अपेक्षा गरेको बताए । पदभार ग्रहण कार्यक्रममा क्याम्पसका प्रशासन प्रमुख जगन्नाथ ढकाल, लेखा नियन्त्रक तोयानाथ भट्टराई , सञ्चालक समितिका कोषाध्यक्ष मधुर नेपाल, सञ्चालक समितिका सदस्यहरु निरञ्जन न्यौपाने र खेमबहादुर दर्जी, कर्मचारी संघका अध्यक्ष पवित्रा पौडेललगायत क्याम्पसका प्राध्यापकहरु, क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनका नेताहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    www,narayanionline.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु