skip this
  • चितवन विशेष

    ग्रीनल्याण्ड पब्लिक स्कुलले बार्षिकोत्सव भब्य रुपमा मनाउँदै

  •  चितवन /भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले यस बर्ष पनि आफ्नो बार्षिकोत्सव भब्य रुपमा मनाउंदै छ । विद्यालयको २४ औ बार्षिकोत्सवको अबसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको भरतपुरमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइयो । चितवनको भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले हरेक वर्ष जस्तै खेलकुद ,सांस्कृतिक कार्यक्रम ,खुल्ला रक्तदान कार्यक्रम सहित आफ्नो बार्षिकोत्सव मनाइरहेको विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले जानकारी दिनुभयो ।
    विद्यालयले मंसिर ५ गते बाट ७ गतेसम्म बार्षिक खेलकुद कार्यक्रम गरेको छ । मंसिर ९ गते सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिने विद्यालयले जनायको छ । यसैगरी मंसिर १० गते खुल्ला रक्तदान कार्यक्रम संगै सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिने प्राचार्य कार्कीले जानकारी दिनुभयो । मंसिर १० गते जिल्ला स्तरीय अन्तर विद्यालय बिज्ञान प्रदर्शनी प्रतियोगिता हुदैछ ।
    मंसिर १२ गते जिल्ला स्तरीय अन्तर विद्यालय हजिरिजबाफ प्रतियोगिताको अयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयको २४ औ बार्षिकोत्सवको अबसरमा आयोजना गरिएका कार्यक्रमहरू भब्य रुपमा सफल बनाउनका लागि विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले बिधार्थी र अभिभावक संग आग्रह गर्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु