skip this
  • चितवन विशेष

    विप्लव नेकपाकाे जनसभामा चितवन बाट ५००० जाने तयारी

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाण्डाैमा  जनसभा गर्दैछ । यसै विच  पार्टी पुनःगठनको दिवसको शन्दर्भमा मंसिर ८ मा केन्द्रिय राजधानी काठमाडौमा हुन लागेको सभाको अन्तिम तयारी सम्पन्न भएकाे विप्लव निकट नेकपा चितवनले जनाएकाे छ ।

    सडक, गल्ली, चोक, सामाजिक सञ्जाल, सञ्चारमाध्यम सबैतिर नेकपाको मङ्सिर ८ गते हुने ¥याली र जनसभामा केद्रित भइरहेको छ । । नेकपाले २०७१ सालमा वैद्य नेतृत्वको ड्यास माओवादीबाट विद्रोह गरी नेकपा गठन गर्दै एकीकृत जनक्रान्ति कार्यदिशा पारित गरेको थियो । नेकपाले ‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त लोकतान्त्रिक शक्ति एक हौँ ! वैज्ञानिक समाजवाद स्थापना गरौँ !!’ भन्ने नाराका साथ मङ्सिर ८ गते काठमाडौँमा जनसभा गर्दैछ ।

    केन्द्र बाट विप्लब नेकपाले निर्माण गरेकाे जनसरकार प्रमुख सन्तोष बुढामगर, उपप्रमुख पदम राई र प्रतिनिधिसभा प्रमुख उमा भुजेल ‘शिलु’ ले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेको जनसभासहित साताव्यापी पार्टी पुनर्गठन दिवस भव्य रूपमा सफल पार्न, सहयोग र सहभागिता जनाउन आह्वान गर्नुभएको छ । ‘पार्टी पुनर्गठन दिवसमा विघटित जनसत्ता पुनर्निर्माण गर्ने महान् सुरुआतको दिन भएकाले सबै उत्पीडित जाति, क्षेत्र र श्रमिक वर्गको हर्ष र गौरवको दिन हो’, बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

    केन्द्रकाे निति अनुसार चितवन बाट पनि करिव ५००० काे संख्यामा अाफ्ना कार्यकर्ता तथा शुभेच्छुक राजधानी जाने तयारी गरिएकाे नेकपा चितवनका कार्यलय सचिव  तथा युवा नेता प्रेम चाेधरी ले बताएका छन । १०० अाेटा गाडिकाे व्यावस्तान गरिएकाे भए अझै गाडी अपुग रहेकाे भन्ने  रिपाेर्ट अाए अनुसार अझै गाडिकाे व्यावस्थापन गर्न लागिएकाे उनले हामिलाइ जानकारी गराएका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु