skip this
  • चितवन विशेष

    रामपुरकाे अान्दाेलनले क्रान्तिकारीमा देशै भरी तरङ्ग, अध्यक्ष तमाङ्गकाे विरूद्ध विज्ञप्ती

  • Jr Che Susan

    चितवन,भरतपुर

    तत्कालिन नेकपा माओबादी केन्द्र सम्बद्ध बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य आर.के भट्ट र कृषि तथा वन बिज्ञान बिश्व बिद्यालयका ईकाइ अध्यक्ष नगेन्द्र दाहाल निलम्वित भए सँगै देशै भरीका  क्रान्तिकारीका विधार्थी नेता हरूले विराेध गर्दै निजिकरण लाइ प्रत्साहान नगर्न अाफ्ना नेता हरूलाइ चेतावनी दिएका छन ।

    गत बुधवार केन्द्रकाे  निति–निर्देशन बिपरित स्वेच्छाचारी ढंगले अघि बढेको ठहर गर्दै केन्द्रिय अध्यक्ष रञ्जित तामाङले भट्ट र दाहाललाई ३ महिनाका लागि निलम्वित गरेका थिए।

    बिश्व बिद्यालयमा जारी आन्दोलनलाई ३ वटै बिद्यार्थी संगठनले केन्द्रबाट समेत निगरानी गरिरहेको तथ्यसंग पूर्ण जानकार हुँदाहुँदै पनि केन्द्रिय सदस्य भट्ट र ईकाइ अध्यक्ष दाहालले त्यसलाई नजरअन्दाज गरेको तामाङको भनाई छ । बिश्वबिद्यालयको केन्द्रिय कार्यालय भवनमा भएको आगजनि र तोडफोड संगठनको कुनै योजनामा नरहेकाले यसलाइ हठात मानसिकताको उपज र उदण्ड कृयाकलाप बाहेक अरु केहि भन्न नसकिने अध्यक्ष तामाङले बताएका थिए । तामाङकाे यस्ताे प्रतिकृया अाएसँगै देशै भरीका क्रान्तिकारीका  नेता तथा कार्यकर्ता   हरूले R.K. Bhatta र #नगेन्द्र_दाहालहरूकाे अान्दाेलनमा ऐक्यबद्धता 
    शैक्षिक माफियाकरण र निजिकरण बिरूद्धकाे अान्दाेलन जारी छ !!
    माफियाका खेतालाहरू हाेसियार !!!


    जस्ता अभिव्यक्ती हरू विभिन्न माध्याम बाट पाेस्ट गरिरहेका छन । विशेष गरी काठमाण्डाै विभिन्न ठुला बलेज हरूका इकाइ का नेता हरूले विज्ञप्ती मार्फत नै शैक्षिक माफियाकरण र निजिकरण बिरूद्धकाे अान्दाेलन जारी रहने रामपुरकाे अान्दाेलनमा समर्थन रहने कुरा जनाइरहेका छन । यस्ताे अान्देालनमा अखिल (क्रान्तिकारी) पुर्व केन्द्रिय अध्यक्ष एबम विधार्थीका प्रिय नेता लेखनाथ  न्याैउपाने लाइ ट्याग गर्दै अभिव्यक्ती दिइरहेका छन । यस अर्थ पुर्व माअाेवादिका केन्द्रिय सद्दस्य समेत रहेका नेता न्याैउपानेकाे अान्देलनमा प्रतिबद्धता रहेकाे सहजे अनुमान गर्न सकिन्छ ।

      यसअघि  अखिल, नेबिसंघ र अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्षले एक बिज्ञप्ति जारी गरि बिश्वबिद्यालयमा भएको घट्नाको निन्दा एवं भत्र्सना गरेका थिए ।

    http://edchitwan.com/2018/11/3268

    क्रान्तिकारीका केन्द्रिय सदस्य भट्ट र ईकाइ अध्यक्ष दाहाल निलम्वित

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु