skip this
  • चितवन विशेष

    उत्कृष्ट पाँच कर्मचारीमा चितवनका पाैड्याल, विजयकाे निमित्त भाेटकाे अपिल

  • चितवन, मंसिर १०-

    भरतपुर महानगरपालिका–९ मिलनचोकका महेन्द्रप्रसाद पाैड्याल इन्टिग्रिटी नेपाल आइडल–२०१८ को उत्कृष्ट पाँच कर्मचारी भित्र पर्न सफल भएका छन् ।

    निजामती सेवामा विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी, क्षेत्रीय शिक्षा निर्देशनालयको उपनिर्देशक हुँदै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको उपसचिव तथा सूचना अधिकारीको रुपमा सेवारत पौड्यालले अहिले प्रतिस्पर्धामा भोटको लागि सबैसँग अपिल गरेका छन् । अहिले सार्वजनिक सेवामा इमान्दारीपूर्वक काम गर्ने पाैड्याललाई भोट गरी सहयोग गर्न म्यासेज बक्समा गएर आईआईएन स्पेस ३ टाइप गरी ३४००१ मा म्यासेज पठाउन र अनलाइन मार्फत् महेन्द्रप्रसाद पाैड्याललाई भोट गरिदिन हार्दिक अनुरोध गरिएको छ । उनलाई भोट गर्न अब सात दिन मात्र बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु