skip this
  • नेपाल सेरोफेरो

    तपाइको एक शेयरले १०० भोट बढ्न सक्छ,यहा हेरेर भोट गरि नेपाली चेलीलाई विश्वको नम्बर १ बनाउनु होला

  • नेपालमा पनि विश्व सुन्दरी प्रतियोगीताको उत्साह कम भने छैन । नेपालको तर्फबाट यस बर्ष मिस नेपाल श्रृंखला खतिवडाले विश्व सुन्दरी प्रतियोगिताको लागी आफ्नो दाबेदारी दिएकी छिन् । उक्त प्रतियोगिताको लागि बनाइएको उनको परिचयात्मक भिडियो अहिले युट्युवमा एकदमै चर्चामा रहेको छ साथै उनी भोटिङ्गमा पनि अग्रस्थानमा छिन् । सामाजिक सञ्जाल “मोभस्टार” मार्फत् उनलाई भोट गर्न सकिनेछ । उक्त एप मार्फत् श्रृंखलाको तस्बिर तथा भिडियोमा गरिएको प्रतिक्रियामा आधारमा भोट गणना हुनेछ । सामाजिक सञ्जालमार्फत् आफूलाई भोट गर्न उनले आग्रह गरेकी छिन । अन्य देशमा सहभागीहरुसँग नेपाली भाषामा बोलोको तथा गीत गाउँदै गरेको उनको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको छ । प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भइरहेकी छिन् ।

    राजनैतिक पृष्ठभुमि, शिक्षा तथा सामाजिक संघ संस्थामा रहेको उनको संलग्नताले उनी उत्कृष्टहरुको सुचिमा पर्ने निश्चित छ । यही कारण पछिल्लो समय उनको व्यस्तता बढेको छ । श्रृंखलाको यात्रा व्यस्ततामा मात्र सीमित छैन, ‘मिस वोर्ल्ड’ बन्ने सम्भावनातर्फ समेत अघि बढिरहेको विश्लेषण र अड्कल सुरु भएको छ । २३ वर्षीया श्रृंखला खतिवडा मिस वर्ल्डको ताज पहिरिन आतुर रहेकी छिन् । तर हामीले यहाँ के बुझ्न जरुरी छ भने भोटिङ्ग एउटा माध्यम मात्र हो, त्योभन्दा पनि मुख्य भूमिका उनको ज्ञान, प्रतिभा, सौन्दर्यता, आत्मविश्वास जस्ता गुणहरुको रहेको छ।

    उनिसंगै प्रतिस्पर्धा गर्ने अन्य देशको प्रतिस्पर्धीहरु पनि कम छैनन्। विकासको स्तर र साथै इन्टरनेटको पहुच नेपालमाभन्दा धेरै भएको देशहरु पनि उक्त प्रतिस्पर्धामा रहेका छन्। त्यसैले हामी अहिलेनै मिस वोर्ल्डको उपाधि श्रृंखलाले नै जित्छिन् भन्ने निस्कर्षमा पुग्नु उचित हुन्न, यसको लागि हामीले भोटिङ्ग चरणको अन्त्यसम्म कुर्न जरुरी छ। साथै अन्य चरणमा श्रृंखलाको प्रस्तुति कस्तो रहन्छ भन्ने कुराले पनि उतिकै महत्वपुर्ण भूमिका खेल्दछ। भोटिङ्ग र अन्य प्रस्तुतिको मुल्यांकनबाट नै एक सबल मिस वोर्ल्ड चुनिन्छ।

    स्मरण रहोस मिस वर्ल्डको अघिल्लो संसकरणमा भोटिङ्ग चरणमा नेपालबाट धेरै भोट गरिएको थियो तर पछि जनसंख्याको दृष्टिकोणले धेरै ठुला देशहरु यो सुचिमा अघिल्ला् स्थानमा पुगेका थिए । त्यसकारण श्रृंखलालाई पहिलो नेपाली मिस वर्ल्ड भएको देख्न चाहानु हुने सम्पुर्ण सर्मथकहरुले भोटिङ्ग कार्यलाई निरन्तरता दिन आवश्यक छ ।

    उनलाई यसरि भोट गर्न सकिन्छ

    मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडालाई मिस वर्ल्डको दाबेदारको रुपमा हेरिएको छ । मिस वर्ल्डमा नेपाली उपस्थितिको अहिलेसम्मको इतिहासमा अत्याधिक चर्चा र वाहवाही प्राप्त गर्न सफल कम्यूनिष्ट राजनीतिक पारिवारीक माहोलमा हुर्कीएकी मकवानपुरकी २२ वर्षिया अार्किटेक्ट श्रृंखला खतिवडाको । विश्व अर्थतन्त्रको शक्तिशाली ठूलो कम्यूनिष्ट देश चीनमा हुँदैगरेको ६८ अाैं संस्करणको यि विश्व सुन्दरी प्रतियोगीतामा यस पटक श्रृंखलाले सबको ध्यान अाफूतिर अाकर्षित गर्न सफल भएकी छिन् ।

    मिस वर्ल्डको अाधिकारीक वेबसाइट बाहेक यो पनि अाधिकारीक त्यो पनि अाधिकारीक भनी विभिन्न डिजिटल प्ल्याटफर्म, सामाजिक सञ्जाल एप मोभस्टारमा भोटिङ भईरहेका छन् । तर अाधिकारीक बाहेकका सबै भोटले श्रृंखलाको यो यात्रालाई सकारात्मक सहयोग गर्छ त ? हरेक प्लाटफर्ममा भोटिङका अाधारमा अहिले श्रृंखला नम्बर १ स्थानमा छिन भन्ने अासयको समाचार छताछुल्ल छ ।
    यता मिस वर्ल्डको अाधिकारीक भोटिङ साइटमा ४१.८२% प्राप्त गर्दै श्रृंखलाले वास्तवमैं भोटिङको अग्रपङ्कतिमा छिन । उनलाई अग्रता बनाइराख्न तपाईले https://www.missworld.com/#/ मा गएर १३ अाैं लहरको चौथो नम्बरमा हामी श्रृंखलालाई उनले प्राप्त गरेको भोट सहितको तस्बिर र भोट गर्नका लागि बटन पनि राखिएको छ । भोट गर्नका लागि तपाईँले लग इन गर्नुपर्नेहुन्छ । लगइन गर्न धेरै सजिलो छ त्यसको लागि https://www.missworld.com/#/login खोल्नुहोस् र त्यहाँ खुल्ने लगइन पेजमा फेसबुक, इन्स्टाग्राम अथवा G+ राखिएको छ ती तिनवटा विकल्पमध्ये कुनै एकलाई क्लिक गरेर तपाईँले सहजै लगइन गर्न सक्नुहुनेछ ।

    लगईन हुने बित्तिकै वेबसाइट तुरुन्त गर्ने पेजमा पुग्छ पाना थोरै तल स्क्रोल गर्नुहोस् श्रृंखलालाई देख्नसक्नुहुनेछ । श्रृंखलाको फोटोमा नामको तल प्राप्त भोट उल्लेखित ठाउँमा थिच्नुहोस् छेवैमा VOTE भन्ने बटन देख्नुहुनेछ । त्यस VOTE बटन थिच्नुहोस् श्रृंखलाले तपाईँको भोट प्राप्त गरेको सन्देश पेजको तल अाउनेछ ।

    यसैगरी गुगल प्ले स्टोरमा गएर MObiStar भन्ने एप डाउनलोड गरेर पनि उनको प्रोफाइललाइ लाइक गर्न सक्नुहुन्छ।

    शेयर गर्नुस, के थाह तपाइको एक शेयरले अरु १०० जना ब्याक्तिकोमा र त्यसरी लाख पुगेर उनले जित्न सक्छिन

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु