skip this
  • चितवन विशेष

    चितवनको पवित्र तिर्थ स्थल देवघाट धाम मा निशुल्क अन्न क्षेत्र खुल्ने

  • Bikasit Sharma
    चितवन को पवित्र तिर्थ स्थल देवघाट धाम मा निशुल्क अन्न क्षेत्र खुल्ने भएको छ स्वदेशी र बिदेशी पर्यटक हरु लाई तिर्थ मा घुम्न आउदा निशुल्क भोजन गराइ बसोबास को व्यवस्था गराइने छ ।
    अन्न क्षेत्र स्थापना गर्न श्री हरिकृतन वैदिक धर्मशाला का समिति हरु मार्फत कार्तिक ८ गते देखि मंसिर ७ गते सम्म अन्नपूर्ण महोत्सव देवघाट मा आयोजना गरि केही आर्थिक संकलन जम्मा गरियो भनी यस संस्था का अध्यक्ष उमानाथ कंडेल ले बताउनु भएको छ ।
     यस कार्य ले देवघाट को मात्र नभइ चितवन लगायत पुरै नेपाल को नाम विदेश सम्म पनि गुन्जिने छ भनी संस्था ले आशा गरेको छ र देवघाट पनि अन्य कुनै तिर्थ स्थल भन्दा कम हुने छैन भन्ने जानकारी संस्था का अध्यक्ष ले गराउनु भएको छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु