skip this
  • नेपाल सेरोफेरो

    नेताज्यू, कर्णालीमा चामल हाेईन,सडक र शिक्षा ल्याऊ…….?

  • शुक्रराज जैसी (अाचार्य) ,सोरू गाउपालिका मुगु
                    कर्णालीमा पुगे पछि कर्णालीका नेताहरूले भाेकमारिकाे नाममा देखाएको नाटक थाहा हुन्छ । कर्णालीमा चामल मात्र पठाउने र ल्याउने नेताहरूकाे जमर्कोले उनिहरुकाे अविवेकशिलता देखाउँछ ।कर्णालीमा भाेकमारि छ भने के चामलले मात्र  त्यो भाेक मर्छ । चामलसँग दाल वा सितन चाहिदैन ? धान,गाै,काेदाे मकै, सिमि र अालु यहि छ भने कसरी भाेकमारी भयाे।
                के कर्णालीका सांसद, मेयर,उप-मेयर,मन्त्री र नेताहरूले पनि निस्ताे भात मात्र बुक्याउने गरेका छन् ।हाम्रा जनताले हामीले मात्र पठाएको चामल खाने गर्दछन् यसकाे पिडाबाेध गर्न हामी पनि बिहान बेलुका चामल मात्र खाने गर्नु पर्ला र दिउसो चाहिँ मासु,अालु, काउली र राेटि खानुपर्ला भनेर वाचा गरेका हुन् कि यी नेता र सांसदले । कर्णाली जनताकाे नाममा जति ठगे पनि हुन्छ भन्ने मानसिकता पाे बाेकेका छन् कि यिनिहरुले, सड्क अाउने अाशमा बसेका अगुवाले भने नेताहरूले सडक ल्याउनै दिदैनन् सडक बनेपछि त उनिहरुकाे कमाई खाने भाडाे चामल उडाउने काम नै राेकिन्छ । कर्णालीलाई वास्तवमै माया गर्ने नेता कहिले जन्मिएलान । उनकाे त्यो उदाश बाेलिले मेरो मन कटक्क काटियाे तर म गर्न पाे के सक्थे र अाफु सानाे त्यहा केही पाटीका छाेटामाेटा राम पिटाउके नेतासँग सडकाे कुरा गर्दा हाम्रो पाटी सत्तामा त अाउन दिनुहोस् कर्णालीमा चार लेनकाे सडक बन्छ भनेर भाेट माग्न जादा खुल्ला मन्चमा भासण छाटेका थिए । खै त अाज कर्णालीमा चार लेनकाे सडक के त्यो यिनिहरुकाे नाटक मात्र हाे ।
           एकाइसाैं शंताब्दिकाे कुरा गर्ने नेताहरूले कर्णाली चाहिँ १६अाै शंताब्दि तिर बसिरहे नै अाफुलाई राजनिती गर्न सजिलो हुने ठान्छन् त्यसैले त कर्णालीमा बाटाे पुर्‍याउन ठूलो स्वरले कराउँदैन वा अावाज उठाउदैन् । विकास नै अबरुद्ध पारिदिन्छन् ।कर्णालीमा जादा स्थानीय शिक्षक र अगुवाकाे मुखबाट बारम्बार सुनिन्छ । कर्णालीमा चामल मात्र पुर्‍याउने काेसिसमा लागेका छन् नेता । एकातिर मुगुको सा‌ैन्दर्य र जडिबुटी जङ्गल र भासाका बारेमा काठमाडौ देखि क्यालिफाेनिया र नयूयाेर्कसम्म ठूलठूला भासण हुन्छन् तर यहाँको विकास कसरी गर्ने भनेर जनतासँग छलफल भने कहिलै हुदैन । रारा र से-फाेक्सुडाे तालको पानीमा साैन्दर्य देख्नेहरुले हालसम्म पनि कर्णाली जनताकाे पानीकाे तिर्सना हेर्न भ्याएका छैनन् । कर्णालीलाई गरिबी र भाेकमारिकाे प्रदेश बनाएर यहाँको जनतालाई चामलको लाेभ देखाईन्छ । जनता पनि त्यहि लाेभमा परि खाध्य संस्थानकाे चामल  पाएपछि संसार नै जितियाे भनेर हर्सित हुदै चामल बाेकेर उकाली अाेराली गर्छन् ।
             काठमाडौका नेता र कर्णालीका सांसद सबै मिलेर कर्णालीका जनतालाई चामल खाने मान्छे ठूलो बुदिमानि र काेदाे गहुँ  खाने मान्छे महा मुर्ख भनेर सिकाइ दिएका छन् । र यहि जालाेमा हुम्ला, जुम्ला, मुगु, डाेल्पा र कालिकोटका जनता फसिरहेका छाै । मुगु साेरु गाउँ पालिका दश धै‌नकाेटका युवाले भने कर्णालीमा चामल पठाउने सरकारले कहिलै पनि यहाकाे विकास चाहेको छैन । कर्णालीमा चामल चाहिन्छ कि सडक भनेर हामीसँग छलफल गरेकाे भए उहिले नै भन्थेउ हाेला अनुदानको चामल चाहिदैन सडक र शिक्षा देऊ ।
                भाेकै छन् कर्णालीका जनता भनेर  ठूलो अावाज गर्न नेताहरुले किन त्यति नै ठूलो अावाजमा दिनदिनै कर्णालीकाे नाम मात्रकाे सडक हाेईन वास्तविक सडक चाहियाे भनेर सांसद भित्र र बाहिर नकराएका हाेलान् । हखण्ड कर्णालीका लागि कर्णाली बन्द गर्नेहरुले किन माग गर्दै अावाज बुलन्द नगरेका हाेलान् ।कर्णालीका हुम्ला र कालिकाेटमा सडक पुगेको भए यसरी चिलगाडिमा चामल हालेर लिनुपर्ने नै थिएन भनेर नेताहरूले  किन छलफल नगरेका हाेलान ? कर्णालीमा साच्चिकै अंन नफलेर भाेकमारि भएको हाे भने त यहाँका जनतालाई सित्तैमा चामल दिनुपर्ने हाेईन । भाेकमारि नै भएको हाे भने यहाँका जनताले चामल किन्ने पैसा कहाँबाट पाउँछन् भनेर विचार गर्नु पर्ने होईन् यहाँका जनताको चाउरिएकाे अनुहार देखाएर सांसद भबन र राजधानी काठमाडौंमा चाउमिन र म:म उडाउँदै च्वच्व गर्दै कर्णालीमा चामल पठाउने विकृत याेजना बनाई दिएर यहाँको भाेकमरि सुधिन्छ र ? कर्णालीमा चामल ल्याउनेहरुले विर्सेका छन् । यहाँकाे त अाधा जनसङ्ख्या बाहिर तिर तर कागजमा बसेका बालबालिका र मृतकका नाममा पनि चामल पुग्छ र त्यो बन्छ रक्सि कतिले त अाफ्नाे चामल पहिले नै साहुलाई दिएर पैसा लिएका हुन्छन् ।
           दाेश कर्णालीका सांसद र यहाँको याेजना बनाई दिनेकाे मात्र हाेईन यिनलाई विस्वास गर्न हामी जनताकाे पनि हाे ।तर जनता कति विवस छन् भन्ने नेताले रक्सि र पैसा दिएपछि तिनिहरु यिनलाई नै भाेट हाल्न तयार हुन्छन् ।र घरपरिवारलाई पनि विवस बनाउँछन् । ती नेतालाई नै भाेट हाल्न सायद नेताहरूले राम्रो गर्लान् भन्ने अाश पनि हुदाे हाे । तर याे अास अाज सधै निराशमा बदलिरहेकाे छ । हे सरकार यहाँका जनताले हजुरसँग कर्णालीमा चामल हाेईन् सडक शिक्षा र स्वास्थ्य तथा खानेपानी चाहिन्छ भनेर माग गर्न कहिले सक्लान् ?????
                                  मेरो कर्णाली लेख “सङ्ग्रह”
                                 लेखक: शुक्रराज अाचार्य
                              साेरु गा.पा. दस धैनकाेट माथिवाडा,मुगु
                              हाल: चितवन भनपा दश भरतपुर
                                 माे.न. : ९८६६११६२३९

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु