skip this
  • नेपाल सेरोफेरो

    बाजुराको सडक मर्मत गर्दै नेपाल प्रहरी 

  • धनराज सागर
    बाजुरा जिल्ला अन्तरगत पर्ने सांफे मार्तडी सडक खण्ड को बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किलोमिटर सडकमा यस वर्षको वर्षातले निकै ठुलो क्षति पुर्याएको थियो उक्त सडकलाई ठेकेदार कम्पनिले पूर्णरुपमा मर्मत नगरेपछि बाजुरा प्रहरीले आफैँ मर्मत गर्न सुरु गरेको छ ।

    साँफे–मार्तडीसडक खण्ड अन्तरगत पर्ने बल्दे, दवारी, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउस देखि कारागार डिलसम्मको सडकमा यस वर्षको वर्षातमा परेको पानिले सडकलाई पूर्णरुपमा क्षति पुर्याएको थियो । वर्षातमा क्षती भएको सडक हिउँदे याम सुरु भइसक्दा पनि पुनमर्मत नगरिएपछि जिल्ला भित्रिने र बाहिरिने सवारी साधानहरुलाई दिनप्रतिदिन सडकमा यात्रा गराउन जोखिम बढ्दै गएको भन्दै सवारी साधानहरुलाई अबरोध हुनेगरि खसेका ढुंगा र पहिरो हटाउन सुरु गरिएको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले बताए ।

    बिहीबार बिहानैबाट बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाट, प्रहरी निरिक्षक लोकेन्द्रसिंह लगायत २० जना प्रहरीको सक्रियतामा सडकमा खसेका ढुंगा र पहिरो हटाउन थालिएको हो ।

    गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासंगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा रहेको छ । सडक निर्माण कम्पनि पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडकलाई पुनमर्मत नगरेपछि प्रहरी आफैले भत्केको सडक मर्मत गरेको हो ।

    यता माउन्टेन टेलिभिजनका सम्बाददाता पत्रकार मदन बिक सङ्गको कुराकानीमा बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका ईन्चार्ज प्रेम थापाले भने वर्षातमा भत्केको सडकलाई मंसिर मसान्त भित्र एक स्काइभेटर सहित ५ वटा टिप्पर लगाएर पुनः मर्मत गरिसक्ने दाबी गरेका छन् ।

    वि.स.२०५१ सालमा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडकको सिलान्यास गरेको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा संचालन भएको थियो ।

    बाजुराबासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गत बैशाख महिनाबाट पुरा गरेका भएपछि यस वर्षको वर्षातले पक्की बनेको सडक पूर्णरुपमा पहिरोले भत्किएपछि अहिले ५७ किलोमिटर सडकमध्ये करिब ५ किलोमिटर कच्चीसडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु