skip this
  • चितवन विशेष

    साउदी अरबमा मृत्यु कुरिरहेको जलेश्वर चौधरीलाई बचाउन लागे युवा समाजसेवी सुजन लामा

  • साउदी अरबमा मृत्यु कुरिरहेको जलेश्वर चौधरीलाई बचाउन युवा समाजसेवी तथा सामाजिक स्वयमसेबक नेपाल का समाजिक अभियन्ता सुजन लामा यति वेला एक अभियान मार्फत सम्पुर्णमा सहयाेगकाे अपिल गर्दै छन ।
    सुजन लामाका अनुसार ” जलेश्वर मात्र हैन अब हरेक नेपाली युवाहरु जो बिदेशमा बेच्चिनु परेको छ ,सबै युवाहरु अब नेपाल फर्कनु आवश्यक छ र फर्कनु पर्छ भन्दछन , नेपाली जनता र युवाहरुले दुख भोग्नुको कारण राज्य व्यावस्था अस्थ व्यस्त र नेताहरुमा ईच्छाशक्ति नभएर पनि स्वयंम युवाहरुलाई नेपालमानै रोजगार व्यावस्था गरि देश समृद्धि गराउने अभियान अब हामी युवाहरुले नै थाल्नु पर्छ कोहि पनि नेपालीहरु बिदेशमा मर्न नपरोस यो नै मेरो उदेश्य हो र म राष्ट्रियता र जनताको अधिकारको लागि कुनै पनि मुल्य चुकाउन तयार रहेकाे उनि बताउँछन ।   उनकाे  तर्फबाट जलेश्वर जस्ता युवाहरू देशको भबिस्य भएकाले  उनका एक छाक छोडेर भए पनी सहयाेग गर्ने उनले साेचेका छन् ।  उनले  रु – ५००० / हजार सहयोग पनि गरेका छन । 
    साउदीमा ब्लड मनि ४५ लाख दिन पर्ने भएको हुदा उनले सम्पुर्ण देशबासीहरुलाई सहयोग गरि जलेश्वर चौधरीको जीवन बचाउन हार्दिक अनुरोध पनि गरे । उनले जलेश्वर लाइ सहयाेग गर्न निम्न खातामा रकम जम्मा गर्न सकिने जनाएका छन ।
    सामाजिक स्वयमसेबक नेपाल – मुक्तिनाथ बिकास बैंक साखा – सेभिङ खाता नम्बर – ११०१०२००२८३५६३०००००१- थप सम्पर्कको लागि मोबाइल नम्बर = सुजन लामा – 9865243242

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु