skip this
  • नेपाल सेरोफेरो

    news 24 काे समाचारका आधारमा म माथी गरिएको कारवाहीले आश्चर्य चकित परेको छु : रमेश सिंह ठकुरी

  • मिति २०७५/०९/१२ गते साझ ८:४५ बजे news 24 संचार माध्यममा प्रशारित CTEVT अन्तर्गत भक्तपुर वालकोट स्थित भक्तपुर प्राविधिक कलेजको समाचारका आधारमा अनेरास्ववियुका CTEVT राष्ट्रिय कमिटि अध्यक्षले अाफु निर्धाेष रहेकाे भनि निकालेकाे विज्ञप्तिकाे पुर्ण पाठ :

    विगत केही दिनदेखि भक्तपुरको कौशलटार स्थित भक्तपुर प्राविधिक तालिम केन्द्रमा संयुक्त विद्यार्थी आन्दोलन चलिरहेको थियो र नियम विपरित संचालन भईरहेको कलेज खारेजीको अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु। त्यही क्रममा नेवि संघका केही नेताहरू सङग आर्थिक चलखेल गरेको भनेर मेरो नाम जोडेर संचार माध्यममा प्रसारण भएको सामाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ !!!!जिवनको महत्त्वपूर्ण उर्जासिल समय यो संगठन को झन्डा मुनि एउटा इमानदार सिपाही को रुपमा बिताएको छु !!! गरिब निमुखा जनताका छोराछोरी हरु लुटिनु हुन्न भन्ने उदेश्य का साथ आफ्नो ब्यक्तिगत जिवनको प्रबाह नगरी आन्दोलन होमिएको ब्यक्ति लाई लुट्न पल्केका संचालक हरुले आज नियोजित रूपमा मेरो चरित्र हत्या गर्ने कार्य प्रति अत्यन्तै दुख लागेको छ!!! गरिब निमुखा जनता का छोराछोरी को पक्षमा बोल्दा उल्टै यस्तो किसिमका प्रहार हरु हुने कुरा यो सतिले सरापेको देशमा ठुलो होइन !!!! सदा सत्य र न्याय को पक्षमा उभिरहने प्रतिबद्धता सहित यो न्यायको लडाइँमा यहाहरुको महत्वपूर्ण साथ सहयोग को अपेक्षा गर्दै पर्न गएको भ्रम प्रति दुख व्यक्त गर्दछु !!!! साथै यस कार्यमा मेरो कुनै सङ्गलग्नता नरहेको कुरा सम्पुर्ण कमरेड हरुलाइ जानकारी गराउन चाहन्छु र पत्रकार मित्रहरु लाई मेरो सङ्गलग्ताको पुष्टि गर्न चुनौती दिदै ,पुष्टि भए हदै सम्म कारबाही भोग्न तयार रहेको ब्यहोरा सम्पुर्ण सबैमा जानकारी गराउन चाहन्छु !!!!

    मिति २०७५/०९/१२ गते साझ ८:४५ बजे news 24 संचार माध्यममा प्रशारित CTEVT अन्तर्गत भक्तपुर वालकोट स्थित भक्तपुर प्राविधिक कलेजको समाचारका आधारमा म माथी गरिएको कारवाहीले आचार्य चकित्त परेको छु। आर्थिक लेनदेनमा मेरो संलग्नता बारे सत्य तथ्य नबुजि प्रसारित अडियो/भिडियोमा कहि पनि मेरो संलग्नता नरहेको तर प्रस्तोताले पटक पटक मेरो तथा अनेरास्ववियुको मात्र नाम लिनु आफैमा सोचनिय बिषय होइन र???CTEVT भित्रका बिकृती,विसंगतिका विरुद्ध निरन्तर लागि रहदा म माथी भएको प्रहार संस्था संचालक तथा यस क्षेत्रमा रहेका शैक्षिक दलालहरुले आन्दोलनलाई कमजोर पार्नका लागि नियोजित रुपमा गरिएको खेल मात्र हो।विगत केही दिनदेखि उप्त कलेजको विकृति,विसंगतिका विरूद्ध अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी) र नेवि संघ द्वारा संयुक्त आन्दोलन चलिरहेको थियो र हाम्रो उप्त आन्दोलनको कारणले कलेजको सम्बन्धन खारेजीको अन्तिम तयारीमा रहेको जानकारी पनि गराउन चाहन्छु र आन्दोलनको क्रममा नेवि संघका केही साथीहरूले मरो नाम समेत उल्लेख गरेर संस्था संचालकहरू सित आर्थिक चलखेल गरेको कुरा संचार माध्यमबाट मात्र थाहा पाएको हुदा उप्त घट्नामा मेरो कुनै संलग्नता नरहेको कुरा जानकारी गराउन चाहन्छु । यो घट्नालाई संगठनले सत्यतथ्य छानबिन गर्न अध्यक्ष कमरेड लगायत सिंगो संगठनलाई हार्दिक अनुरोध गर्दछु र यदि मेरो संलग्नता रहेको प्रमाणित भएको खण्डमा जुनसुकै कारवाही भोक्न तयार रहेको छु।

    हार्दिक अभिबादन सहित !

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु