skip this
  • फिचर

    डाक्टर केसी आज ५ बजेदेखि इलाममा अनसन बस्ने

  • काठमाडौं – संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले आजैबाट अनसन बस्ने जानकारी दिनुभएको छ ।

    आफूसँग भएको सहमति विपरीत संसदीय समितिले विधेयक पास गरेको भन्दै डा. गोविन्द केसीले आजदेखि अनिश्चितकालीन अनसन सुरु गर्नुहुने भएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले कालो धनलाई सेतो बनाउनका लागि बहुमतको आडमा पेलेर विधेयक पारित गराउने काम भएको बताउनुभयो ।

    आफूसँग भएको सहमतिलाई तोडमोड गरी ल्याइएको विधेयकले नागरिकको पक्षमा काम नगर्ने भन्दै उहाँले आज बेलुकी ५ बजेदेखि माग पूरा नभएसम्म इलाममा अनसन बस्न लागेकाे बताउनुभयो ।

    सिंहदरबारमा आज बसेको समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बहुमतले पारित गरेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले डाक्टर गोविन्द केसीसँग गरिएको सहमति विपरीतका बुँदाहरु पनि समावेश गरिएको भन्दै विधेयकमा फरक मत राखेका थिए । विधेयकमा यसअघि सम्बन्धन लिएका मेडिकल कलेजहरु खारेज नहुने व्यवस्था राखिएकोमा काँग्रेस सांसदहरुको आपत्ति जनाएका हुन् ।

    बैठकमा समितिका सदस्य एवम् कांग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक डाक्टर गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै पारित भएको दाबी गर्नुभयो । उहाँले विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो –

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु