• फिचर

    प्रधानमन्त्री ओलीले पृथ्वी जयन्तीमा दिएनन् बिदा, तर गाए गुणगान

  • काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

    २ सय ९७ औं पृथ्वी जयन्तीको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको उल्लेख गर्दै त्यसलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने पनि स्पष्ट पारेका हुन् ।

    राष्ट्रको एकीकरण कुनै पनि कामभन्दा महान हुने र सो काम पृथ्वीनारायण शाहले गरेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधिन राष्ट्रको रुपमा रहेको ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने पनि बताए ।

    फरक प्रसङ्गमा प्रधानमन्त्रीले तराईमा शीतलहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने दावी गरे ।  प्रधानमन्त्री ओलीले तराईमा शीत लहरका कारण ज्यान नजाओस् भनेर सरकारले हिउँद सुरु हुनु अघिनै दाउरासहित न्यानो कपडा वितरणको उचित व्यवस्था गरेको पनि स्पष्ट पारेका छन् ।

    ‘कुनै पनि नेपालीले भोकभोकै बस्नु नपर्ने पनि दोहोर्याए । प्रधानमन्त्री ओलीले रोजगारीको अवसर सृजनाका लागि सरकारले देशका सबै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको पछाडि परेका जिल्लाहरुको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अघि बढाइएको हो’ प्रधानमन्त्रीको भनाई थियो ।

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु

  • गुरूकुल कलेजमा भर्ना खुल्याे , असार २० गते प्रवेश परिक्षा समय विहान ७:३० बजे र विहान ११:३० बजे ।

  • SEE मा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरु को उज्ज्वल भबिस्यको कामना गर्दै नारायणी पब्लिक कलेज मा कक्षा ११ मा भर्ना खुलेको जानकारी गराइन्छ ।