skip this
  • चितवन विशेष

    चितवनमा चरा गणना सुरु

  • पुस २५, २०७५ चितवन : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मंंगलबारदेखि चरा गणना सुरु भएको छ। विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो। चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन्।  चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी सुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ। यसपटक जनवरी ५ देखि २० सम्म चरा गणना गरिने छ। चरा र तीनको वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको उनले बताए। पानीमा आश्रित चरासँगै अन्य चराबारे समेत खोजी गरिन्छ। चितवनको ढुङ्ग्रे खोला, बुढी राप्ती, बिसहजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौँडालगायतका स्थानमा चरा गणना गरिने उनले बताए।  वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार मंगलबार चितवन राष्ट्रिय निकुञ्जको जिन्दगानी घाँटदेखि सौराहासम्म चरा गणना गरिएको छ। त्यस्तै, बुधबार सौराहादेखि कसरासम्म गणना गरिने कार्यक्रम रहेको छ। गणनाका लागि चराबारे ज्ञान भएका नेचर गाईड सहभागी छन्। मानवीय लापर्वाहीका कारण वासस्थानमा परेको असरले चरा सङ्कटमा परेकोे चराविद्ले बताएका छन्। विश्वमा सन् १०६७ देखि सुरु भएको चरा गणना नेपालमा सन् १०८७ देखि सुरु भएको हो। सोही वर्षदेखि चितवनमा पनि चरा गणना थालिएको हो।  पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । चितवनमा मात्र ६३६ प्रजातिका चरा पाइने बिडारीले बताउनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु