skip this
  • blog

    रबि लामिछाने अब रबि लामिछाने रहेनन् – किरण सुनार

  • edChitwan रबि लामिछाने बारे देशमा धेरै प्रश्नहरु चलिरहेको छ , रबि लामिछाने कतिपय बिषयमा प्रसंशाको पात्र भए भने कतिपय बिषयमा बिवादित पात्र बने , तर मुख्य कुरा के हो भन्नेबारे रबि लामिछाने आफै जवाफदेहि हो ! किनकि रबि लामिछाने अब रबि लामिछाने मात्र नभई मिडियामा सामाजिक हिरो भएका छन् ! तर पछिल्लो समयमा बिवादित पनि बनेका छन् , रबि लामिछानेले गरेको जनप्रेमी कामहरू सलाम योग्यछ तर यसो भन्दैगर्दा रबि लामिछानेको भक्त रहेछ भन्लान् कतिपय समजले तर म रबि लामिछानेको भक्त हैन रबि लामिछानेले गरेको धेरै सलाम योग्य कामहरुको प्रसंशक हु , राष्ट्रियता र जनताको अधिकार संग जोडिएको काम प्रती म रबि लामिछानेलाई साथ दिनेछु ! यो देश चलाएका नेताहरू खराब पनि छन् ईमानदार पनि छन् सबै पुर्ण छैन तेसैले रबि एउटा ईट्टा मात्र हो त्यो ईट्टा कहाँ प्रयोग गर्ने भन्ने हुन्छ नालिमा या चौतारीमा ? ईतिहासमा हिजो रबि लामिछाने के कस्थो आचरणको थियो भन्दापनी आजको देशको अबस्था र रबि लामिछानेको भुमिका छ भन्ने हुन्छ ! खराब मात्र देखाउने हो भने राम्रोकाम गर्ने उदेश्य लिएकाहरुको मनोबल गिर्नेछ ! रबि लामिछानेलाई मेरो सनो अनुरोध – सधैं अरुको बिरोध मात्र नगरी पहिला सहि र गलत छुट्टाएर बिषय उठाउनु होला ! कतिपय बिषय तपाईं नबुझी उठाउनु हुन्छ स्पष्ट संग बुझेर मात्र बिषय उठाउनु होला , एदि साच्चिकै न्यायको पछ्यमा उभिनु हुन्छ भने ! यो देशमा खराब नेताहरुको कारण देश डुङ्ग डुङ्ग गनाउने भएको छ , कचडा र कसिङ्गार सफा गर्नपर्ने बेलाभएको छ हकाधिकार न्याय माग्दा मिल्दैनभने जनताहरु के गर्ने भन्ने हुन्छ , बर्षौ देखि जनतालाई लाचार र दास बनाउदै जनतालाई सधैं शोषण गर्न चाहन्छ यो दलाल बेबस्था ! तेसैले खराव चिजको सफया गर्न कित झाडु चाहिन्छ कित औजार चाहिन्छ कित बन्दुक चाहिन्छ !! कस्तो कसिङ्गार केले सफा गर्ने भन्ने हुन्छ ! समाज शान्ति समृद्धि बिकास चाहन्छ , तेसैले शान्तिको लागि खराव चिजको अन्त्य हुन जरुरी हुन्छ ! तपाई आफ्नो हिजो भुलेर आज राम्रो काम गर्नु साच्चिकै जनताको सेवा गर्नु त्यस्मा सबैले साथ दिन्छ तर दलालहरु संग किनबेच हुनेहो भने जनताको आसा र भरोसामा खेलवाड गर्ने छुट तपाईलाई छैन ! हिरो रहिरहनु जिरो हुने काम नगर्नु , नेपालमा लामो समय सम्म टिक्ने राम्रो ब्याबस्थाको जरुरी छ , राष्ट्रवादी बनेर बढ्नु जनताको अधिकार बनेर बढ्नु ईमानदार पुर्व देश र जनताको काम गर्नु हुन्छ भने मेरो साथ छ !!

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु