skip this
  • चितवन विशेष

    समझदारी सहकारी द्वारा भरतपुर ११ को सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

  • माघ – १५, भरतपुर:-

    जायश्वर आचार्य:

    भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनि स्थित समझदारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको हो।
    वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा मंगलबार स्टेशनरी सामाग्री वितरण कार्यक्रम को आयोजना गरिएको संस्थाका व्यवस्थापक अर्जुन लामिछाने ले जानकारी दिनुभयो। जानकारी दिँदै व्यवस्थापक लामिछाने ले भन्नुभयो कार्यक्रम बिहान ११ बजे बाट दिउँसो १ बजेसम्म भरतपुर ११ नौराङ्गे स्थित नबजागृती आधारभूत विद्यालय मा आयोजना गरिएको हो।कार्यक्रम संस्थाका अध्यक्ष युवराज पौडेल को अध्यक्षतामा भएको थियो भने कार्यक्रम मा विद्यालय का प्रध्यानाध्यापक राधा अधिकारी, शिक्षक अभिभावक संघ का अध्यक्ष राजु परियार,संस्थाका सचिव  मनोज बराल,संस्थाका कोषाध्यक्ष रत्नकुमार श्रेष्ठ,संस्थाका सञ्चालक समिति सदस्य शारदा पौडेल,प्रकाश भट्टराई,दीपक तिमिल्सिना,सूर्य बोहरा,निर्जला गिरी तथा लेखा समिति सदस्य प्रमिला लामिछाने, स्वास्थ्य तथा शिक्षा उपसमिति सदस्य मुकुन्द प्रसाद बिडारी,संस्थाका व्यवस्थापक अर्जुन लामिछाने को उपस्थिति रहेको थियो।

    त्यस्तै संस्थाले भोलि बुधबार बिहान ११ बजे १५ वर्ष माथिका बाल बचत कर्ताहरुविच “सहकारीमा बाल बचत को महत्व” शीर्षक मा वक्तृत्वकला प्रतियोगिता को आयोजना गर्ने कुरा पनि उहाँले जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु