skip this
  • चितवन विशेष

    चितवनमा प्रचन्डको सकृयता बड्यो एकै दिन ५ आयोजनाको शिलान्यस

  • चितवन : शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको ५ वटा नयाँ  बिहिबार एक कार्यक्रमका बीच शिल्यान्स गरिएको छ । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित कार्यक्रममा आयोजनाको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शहरी विकासमन्त्री महोमद इस्तियक राईले संयुक्त रुपमा शिलान्यस गर्नुभएको हो ।
    शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एव्म नेकपाका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकालाई नमूना महानगर बनाउन यी आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘पाँच बर्ष नपुग्दै भरतपुर महानगरपालिका देशकै नमुना बन्ने छ, उहाँले भन्नुभयो,‘सबैले संकल्प गरौ, यहाँबाट देशलाई नयाँ सन्देश दिन जरुरी छ ।’
    प्रचण्डले यी आयोजनाहरु सा–साना आयोजना भएपनि महानगरलाई सभ्य र सुसंस्कृति अर्थ राख्ने खालको भएको बताउनुभयो । देशलाई विकास निर्माणमार्फत समृद्धि लैजाने सुनौलो अवसर भएको भन्दै उहाँले यसको सदुपयोग गर्न सबै जना लाग्नुपर्ने बताउनुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकासमन्त्री महोमद ईस्तियक राईले भरतपुर महानगर,माडी नगरपालिका र पूर्वी चितवनको खैरहनी नगरपालिकालाई जोड्ने गरी एकीकृत पूर्वधार विकास गर्ने योजना अघि बढाईने घोषणा गर्नुभयो । भरतपुर महानगरपालिका देशको मध्यभाग, हिमाल, पहाड र तराईको संगमस्थलको रुपमा विकास गर्नुपर्ने भएकाले यसको पूर्वधार विकासमा मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।
    कार्यक्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एउटै सोच, एउटै संकल्पका साथ महानगरको विकासको लागि अघि बढेको बताउनुभयो । महानगरीय चक्रपथसहित ६ महिनाअघि शिलान्यस भएका १३ वटा ठूला आयोजनाहरुको काम भई ०७७ सालभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।
    शहरी विकास मन्त्रालयको पाँच वटा अयोजनाहरुमा भरतपुर–९ स्थित केन्द्रीय वसपार्कको निर्माण सुधार गर्न रु १४ करोड २४ लाखको लागतमा रविना कन्स्ट्रक्सनलाई २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । भरतपुर–६ स्थित लक्ष्मीनारायण तथा ओमर्काश्वर मन्दिर तथा पार्क निर्माण गर्न रविना कन्स्ट्रक्सनसँग रु १६ करोड ९२ लाख ४३ हजार लागतमा ठेक्का सम्झौता भएको छ । आयोजना अन्तरगत भरतपुर अस्पतालमा बिरामी कुरुवा घर निर्माण गर्न रु १० करोड ४८ लाख २६ हजार लागतमा रविना/जोशी/फुलजोर जेभी बिजुलीबजार काठमाडौँसँग २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
    त्यस्तै भरतपुर–१९ स्थित रानीपोखरीमा पार्क तथा पूर्वधार निर्माणका लागि २ बर्षभित्र नै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले रु १४ करोड ६७ लाख ७६ हजार लागतमा ठेक्का पाएको छ । यस्तै भरतपुर–१ स्थित देवघाटमा विद्युतिय शवदाह भवन निर्माण गर्न काठमाडौँ कोटेश्वरको मिलिनियम/सिद्धगढी जेभीले दुई बर्षभित्र सक्ने गरि रु १६ करोड ९५ लाख ६४ हजारमा निर्माण गर्न सम्झौता भएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु