skip this
  • फिचर

    टी–२० सिरिज : यूएईसँग दोस्रो खेल आज, नेपाललाई जित्नैपर्ने दबाव

  • १८ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली यूएईसँग दोस्रो खेल खेल्दैछ ।
    तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाव छ ।

    नेपाल र यूएईबीचको खेल आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेट सिरिजमा भने १–० ले पछि परेको छ ।
    यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले १५४ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु