skip this
  • चितवन विशेष

    नाजवाफ मेरा प्रेम प्रस्ताव….

  • (Ashal Gaire हाल सप्तगण्डकी क्याम्पसमा अङ्ग्रेजी तथा पत्रकारीतामा अध्ययनरत विधार्थी हुन । साहित्यमा रूचि राख्ने उनि स्नातक तहमा अध्ययनरत छन् । उनिद्वारा लेखीएको कपोकत्पित लेख यँहा प्रस्तुत गरिएकाे छ । )

    ०७२ साल, असार को दोस्रो हप्ता बाट हुनुपर्छ, सायद दुई तिन बर्ष अगाडीको  कुरो हो । बिहानीको समयमा सबेरै उठेर कलेज को ड्रेस लगाई  कक्षा ११ मा पढन्न जानी गर्थे। सुरुका हप्ता नयाँ साथी बनाउदैमा चिनजान गर्दैमा  समय बित्यो, लगभग लगभग क्लासका सबै जसो साथीहरु सगँ राम्रो परीचय भइसकेको थियो ।

    दिनहरु राम्रै चलिरहेका थिए । नयाँ कलेज, नयाँ साथी, नयाँ शिक्षक अनि पढ्न पनि आफुले मन लागेको नयाँ बिषयहरु पढ्न पाउने ठाँउ आहा कति आन्दित थिए दिनहरु । म पनि दिन प्रति दिन जो नयाँ साथी आउछन्  ऊ सगँ राम्रो परिचय गर्ने अनि घुलमिल हुने बानि पारिसकेको थिए।

    कलेज सुरु भएको दोस्रो साता तिर हुनु पर्छ, कक्षामा नबिन साथीको प्रारम्भ भयो ।  ५.४ को हाईट, गोलो अनुहार, हेर्दै मा लजालु स्वभाव, नसालु नयन, पिपल पाते पिसु कोमल उनका ओठ आहा साच्चिनै रहर लाग्दा थिए, गुलाबी कलरको कुर्ता सुरुवाल मा सजिएर आएकी उनी हेर्दै मा बिउटिफुल देखिन्थिन।  न उनी सङग बोल्न सके न त यि निर्दाेष आखाले आँखा जुधाउन सके  ।  एक डेढ महिना केबल उनलाइ लुकीलुकी हेरिरहे कसैले थाहा नपाउनी गरी , उनलाइ बोलाउछु, बोल्छु  भनेर कती पटक म उनको नजिक गए तर सकिन,….

    बारम्बार गए अंह अजै सकिन, उनको आगाडी बक्य नफुरेको बालक जस्तो भय बोल्नै नसक्नि, गरुढ लागेको सर्प जस्तै लठ्ठीए लठ्क्कै । तिन  हप्प्ता को अन्तराल पछी महिले उन्लाई हेरिरहन्छु भन्ने कुरा उनले थाहा पाय जस्तो भय पछि मेरो मन मा कता कता डरले बास गरिरहेको थियो डर को बाबजूद महिले उनलाई र उनले मलाई हेराहेर गर्ने प्रक्रिया सुरु हुन थाल्यो।

    करिब तिन महिनाको अन्तर्रालमा मा उनको फेसबुक नाम पत्ता लगाय ,घरमा आएर सर्सर्ति प्रोफाईल हेरेर रिकोएष्ठ पठाए । दशैको महिना थियो, सायद १-२ गते तिर हुन पर्छ ४-५ दिनको पेन्डिङ पछि रिकोएष्ठ एसेप्ट भयो । वनको बागलाई मनको बागले जित्त्छ भने जस्तै सुरुमै बोल्न सकिन, १ हप्प्ताको अन्तर्राल पछी मन मा ठुलो साहास को अदार लियर उनलाई हाई भनेर म्यासेज पठाए त्यो दिन रिप्लाई आएन, उनलाई भनेको त्यो हाई शब्दले मनमा धेरै उथलपुथल मच्चाई राखेको थियो र पनि कुरिरहे हाई शब्दको को जवाफ, त्यस दिन आएन र आयो भोली पल्ट राति नौ बजेको वरीपरी र भनिन हे…

    त्यही दिन देखि सुरु भयो उनि सङग समान्य कुराहरू  गर्न । उनी सुरुसुरूमा बोल्न झर्को माने जस्तो गर्थिन यस्को माने धेरै बोल्न रूचाउदीनथिन् । म पनि सोही आनुसार उनको इच्छा आफु अनुकुल नभयर उनी अनुकुल भयर बोल्न थाले ।

    उनले मलाई त घरमा मोबाईल पनि धेरै चलाउन दिनुहुन्न भने पछि उनी धेरै अनलाईन नआउनुको कारण था पाए र मन समालेर सोचे साहेद मेरो म्यासेजको रिप्लाई तेही भयर ढिलो आयको हुनु पर्छ । मन समालिने एउटा गोरेटो तय भयो, उनि अफलाहिन म अन हुदा  मन सम्माल्न नसकेर अफलाईन मेसेज पठाउथे उनि अन भएको बेला रिप्लाई आहुने आसमा ।धेरै समय उनलाई  सम्जेरै कटाए, थोरै समय बोलेरै चित्त बुजाए…

    त्यस बेला दसै तिहारको एक महिना कलेज छुट्टि भएको थियो। त्यस बेला कुराकानिको सिलसिलामा महिले उनलाई  भनेको थिए, तिमि सङग बोलिरहु जस्तो हुन्छ किन होला ?  प्रति उत्तर मा उनले  जवाफ दिइन  ”चिनि पनि धेरै खाय तितो हुन्छ ,अरु आफै बुझ .” उनको यो सानदार जवाफले मलाई महुन बनायो र म महुन बस्न वाद्य भय ।

    to be continue ..

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु